मंगलवार, जेष्ठ ५,२०८३ 04:45:53
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:45:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विश्वको सबैभन्दा ठूलो मुस्लिम देशको नोटमा गणेश भगवानको तस्विर, किन र कसरी राखियो ?

Laxmi Sunrise Bank Limited
विश्वको सबैभन्दा ठूलो मुस्लिम देशको नोटमा गणेश भगवानको तस्विर, किन र कसरी राखियो ?
Shivam Cement

काठमाण्डौ । मुश्लिम देशको मुद्रामा हिन्दु देवताको तस्विर छ भन्दा पत्यार नलाग्न सक्छ । तर विश्वको सबैभन्दा ठूलो मुश्लिम देश इन्डोनेसियाको नोटमा भने हिन्दु देवता गणेशको तस्विर रहेको छ ।  

इन्डोनेसिया बीबीसी सेवाका वरिष्ठ पत्रकार अस्तूदेस्त्रा अजेंगरास्त्रीका अनुसार इन्डोनेसियाको नोटमा गणेशको तस्बिर हुनुले त्यहाँको संस्कृतिमा रहेको विविधतालाई झल्काउने बताउँछन् । उनी भन्छन्,‘सन् १९९८ मा जारी गरिएको यो नोटमा एउटा प्रतिकात्मक सन्देश थियो । गणेशलाई इन्डोनेशियामा कला,बुद्धि र शिक्षाको भगवानको रुप मान्ने गरिन्छ । यहाँका कयौँ शैक्षिक संस्थामा गणेश भगवानको तस्विर प्रयोग गर्ने गरिन्छ । यो नोटमा इन्डोनेसियाको राष्ट्रिय नायक‘की हजार देवंतरा’को तस्विर पनि छ । यो देश डेनमार्कको उपनिवेश भएका बेला उनले त्यसबेला इन्डोनेसियाको शिक्षाको अधिकारका लागि संघर्ष गरेका थिए । त्यसबेला धनी तथा डच समुदायका बालबालिका लाई मात्रै विद्यालय जाने अनुमति थियो ।’

गणेश भगवानको तस्विर भएको नोट सन् १९९८ मा जारी गरिएको थियो । तर अहिले भने यो नोट प्रचलनमा छैन । तथापी इन्डोनेसियामा अहिले पनि एउटा नोट प्रचलित अवस्थामा छ जसमा इन्डोनेसियाली द्धीप बालीमा अवस्थित एउटा हिन्दु मन्दिरको तस्विर छ ।  

Bizshala
New Office
CG Motors

अस्तूदेस्त्रा यसको पुष्टि गर्दै भन्छन्,‘पचास हजार रुपैयाँको नोटमा बालीमा रहेको मन्दिरको तस्विर छ । बालीमा बहुसंख्यक हिन्दु धर्मावलम्बीहरुको बसोबास छ । ’

यद्यपी नोटहरुमा हिन्दु धर्मको प्रतिक मात्रै राखिएको भने भन्न मिल्दैन । किनकी अन्य नोटहरुमा भिन्न–भिन्न धर्म तथा समुदायका प्रतिकहरुलाई समेत स्थान दिइएको छ ।  

सम्पूर्ण इन्डोनेसियामा हिन्दुहरुको जनसंख्या २ प्रतिशत मात्रै भएपनि बाली द्धीपमाा ९० प्रतिशत जनसंख्या हिन्दु धर्मावलम्बीको छ । तर हिन्दु धर्मको विस्तार सम्पूर्ण इन्डोनेसियामा फैलिएको छ ।  

एक रिपोर्टका अनुसार सन् १९६० तथा १०७० को दशकमा जावा द्धीपका हजारौं मानिसहरुले हिन्दु धर्म अपनाएका थिए । इन्डोनेसियाको समाज तथा संस्कृतिलाई नियाल्ने हो भने कयौँ क्षेत्रमा इन्डोनेसियाको हिन्दु इतिहासको झलक देख्न सकिन्छ । इन्डोनेसियामा विगतमा कयौं हिन्दु राजवंशीको शासन थियो ।  

यसमध्ये मजापहित साम्राज्य तथा श्री विजय साम्राज्य सबैभन्दा ठूला थिए । यिनको शासनकालमा इन्डोनेसियामा हिन्दु धर्म विस्तार तथा फैलिएको थियो ।

यी साम्राज्यमा हिन्दु,बौद्ध,एनिमिज्म लगायत कयौँ धर्म विस्तार भएका थिए । तर धार्मिक भाषा भने संस्कृत नै थियो । श्री विजय साम्राज्यको शासनकाल सातौं देखि १२ औं शताब्दीसम्म रहेको थियो । जसको मुख्य भाषा संस्कृत र ओल्ड मलय थियो ।  

वर्तमान समयमा पनि इनडोनेसियाको इतिहासमा हिन्दु धर्मका लोककथाहरु र प्रतिकहरुको प्रभाव देख्न सकिन्छ ।  

इन्डोनेसियाको राष्ट्रिय प्रतिक गरुड हो । जसको प्रत्यक्ष सम्बन्ध हिन्दु धर्मको पौराणिक ग्रन्थहरुसँग रहेको छ । रामरचित मानसका अनुसार गरुड पंक्षीले सीतालाई श्रीलंकाबाट फिर्ता ल्याउन राम भगवानलाई सहयोग गरेको थियो ।  

यसका साथै इन्डोनेसियाको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयमध्ये एक बांदुंगु इन्स्टीच्युट अफ टेक्नोलोजीमा पनि गणेश भगवानको तस्विर लोगोको रुपमा प्रयोग गरिएको छ ।  

इन्डोनेसियाको एयरलाइन्सको नाम पनि गरुड एयरलाइन्स राखिएको छ । जसमा पौराणिक पंक्षी गरुडको तस्विर लोगोको रुपमा प्रयोग गरिएको छ ।  

यसका साथै इन्डोनेसियाको एक ठाउँमा सन् १९६१ देखि अहिलेसम्म निरन्तर रामायणको मंचन जारी छ । रामायणसँग जोडिएको पात्रहरुको भुमिका निर्वाह गर्न हिन्दुका साथ–साथै अन्य धर्मका मानिसहरु समेत सहभागी हुन्छन् । इन्डोनेसियामा हिन्दु नाम राख्ने चलन पनि रहि आएको छ ।  

यस्तोमा दिल्लीका मुख्यमन्त्री अरबिन्द्र केरजीसवालले पनि भारतीय नोटमा गणेश र लक्ष्मी भगवानको तस्विर राख्नु पर्ने माग गरेका छन् । उनले विश्वको सबैभन्दा ठूलो हिन्दु देश इन्डोनेसियाले यस्तो गर्छ भने भारतले किन गर्न सक्दैन भन्दै यस्तो माग गरेका छन् ।  -बीबीसीबाट अनुवाद

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.