सोमबार, असार २,२०८२ 04:51:06
  • सोमबार, असार २,२०८२ 04:51:06
Global IME Bank Limited

नेष्डो समृद्ध लघुवित्तद्वारा कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी

Hyundai Nepal
नेष्डो समृद्ध लघुवित्तद्वारा कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी
Nabil Bank Limited

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले एक सदस्यको कर्जा मिनाहा गरी बीमा रकम समेत भुक्तानी गरेको छ ।  

संस्थाको बर्दघाट शाखाले बर्दघाट नगरपालिका १२ मा रहेको केन्द्र नं ३४ मिलीजुली समृद्ध व्यवसायिक केन्द्रमा आबद्ध सदस्य जमुना खत्री क्षेत्रीको कर्जा मिनाहा गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

स्व सदस्य खत्रीले संस्थाबाट ३ लाख रुपैयाँ कर्जा लिएकी थिइन् । उनले किस्तामार्फत संस्थामा १ लाख ५ हजार रुपैयाँ तिरिसकेकी थिइन् । संस्थामा तिर्नुपर्ने बाँकी १ लाख ९४ हजार रुपैयाँ कर्जा मिनाहा भएको बर्दघाट शाखा प्रमुख लोक बहादुर सोनीले बताए ।  

साथै सोनीका अनुसार संस्थाले राहत स्वरुप कृया खर्चका लागि ३० हजार रुपैयाँ थप सहयोग गरी सदस्य खत्रीले बचत गरेको रकम (बीमासहित) गरी कुल १ लाख ६१ हजार ७६० रुपैयाँ बराबरको चेक उनकी हकवाला छोरी सरु पौडेल क्षेत्रलाई हस्तान्तरण गरेको छ ।  

लघुवित्तले हाल १७ जिल्लामा ५६ वटा शाखा कार्यालयबाट ७८ हजार विपन्न वर्गका महिलाहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब ५५ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.