सोमबार, असार २,२०८२ 02:42:25
  • सोमबार, असार २,२०८२ 02:42:25
Global IME Bank Limited

चिया पिउन भारतका सडकमा भौतारिदै बिल गेट्स,चिया बेच्नेले नै नचिनेपछि....

Hyundai Nepal
चिया पिउन भारतका सडकमा भौतारिदै बिल गेट्स,चिया बेच्नेले नै नचिनेपछि....
Nabil Bank Limited

काठमाण्डौ । धनी मानिसहरु चिया पिउनका लागि महंगा वा नाम चलेका रेस्टुँरा वा होटलमा जान्छन् भन्ने आम मानिसहरुको धारणा हुनसक्छ । तर विश्वका धनाढ्यमध्ये एक बिल गेट्सले यो धारणालाई गलत साबित गरिदिएका छन् ।  

बिल गेट्सले भारतको सडकपेटीको ठेलाबाट चिया पिएको खबर यतिबेला भाइरल भईरहेको छ । आफ्नो चिया बनाउने अनौठो तरिकाका लागि चर्चित ‘डलीचाय वाला’को हातबाट चिया पिएको घटनाले यतिबेला इन्टरनेट जगत तातेको छ । आम मानिसहरुलाई यो घटना विश्वास गर्न गाह्रो परिहरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तर यो भिडियोलाई विश्वका धनाढ्य बिल गेट्सले आफ्नो इस्टाग्राम अकाउन्टबाट सेयर गरेपछि भने मानिसहरु यसलाई विश्वास गर्न बाध्य भएका छन् । गेट्सले उक्त भिडियो सेयर गर्दै लेखेका छन्‘ भारतमा तपाई प्रत्येक ठाउँमा इनोभेसन देख्न सक्नुहुन्छ । एउटा सामान्य चिया बनाउनसम्म तपाईले यस्तो देख्न सक्नुहुन्छ ’।  

उक्त भिडियोमा गेट्सले एक कप चियाका लागि अर्डर गरेको देख्न सकिन्छ । त्यसपश्चात डली चायवालाले आफ्नो अनौठो र भिन्न तरिकाबाट चिया बनाएर दिएको देख्न सकिन्छ ।  

यो घटनालाई लिएर अहिले सामाजिक सञ्जालमा थुप्रै मिमहरु समेत बनिरहेका छन् ।  

तर चिया दिदै गर्दा डली चायवालाले बिल गेट्सलाई आफूले नचिनेको बताएका छन् । भोलिपल्ट समाचारमा खबर बाहिरिएपछि मात्रै आफूले विश्वका धनाढ्यलाई चिया पिलाएको भन्ने आभास भएको उनले बताएका छन् ।  

बिल गेट्स यतिबेला विभिन्न कार्यक्रममा सहभागी हुनका लागि भारतको भ्रमणमा रहेका छन् । उनले ओडिसाका मुख्यमन्त्री नविन पटनायकसँग भेटघाट र भुवनेश्वरमा रहेका सुकुम्बासी वस्ती अवलोकन गर्ने कार्यक्रम रहेको छ ।  

डलि चायवाला चिया बनाउने अनौठो र भिन्न तरिकाका लागि सामाजिक सञ्जालमा चर्चित छन् । उनको भिडियो बनाउनका लागि विदेशबाट समेत चर्चित फुड ब्लगरहरु आउने गरेका छन् ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.