आईतवार, असार १,२०८२ 10:53:14
  • आईतवार, असार १,२०८२ 10:53:14
Global IME Bank Limited

सार्वजनिक ऋण २६.६७ खर्ब पुग्यो

Hyundai Nepal
सार्वजनिक ऋण २६.६७ खर्ब पुग्यो
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ६७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो कुल गार्हस्थ्य उत्पादनको ४६.७५ प्रतिशत हुन आउछ । चालु आर्थिक वर्षको सुरुवातमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो ।  

कुल सार्वजनिक ऋणमा बाह्य ऋण १३ खर्ब १ अर्ब ७४ करोड रुपैयाँ र आन्तरिक ऋण  १३ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सरकारले चालु आर्थिक वर्षका लागि कुल ५ खर्ब ४७ अर्ब रुपैयाँबराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये चैत मसान्तसम्ममा ३ खर्ब ६६ अर्ब ९ करोड रुपैयाँ ऋण प्राप्त भइसकेको कार्यालयले जनाएको छ । जसमध्ये आन्तरिक स्रोतबाट २ खर्ब ९१ अर्ब १४ करोड र बाह्य स्रोतबाट ७४ अर्ब ९५ करोड रुपैयाँ ऋण लिइएको छ ।  

यस वर्ष ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य रहेकामा हालसम्म ८८.२२ प्रतिशत अर्थात् २ खर्ब ९१ अर्ब १४ करोड रुपैयाँबराबरको आन्तरिक ऋण प्राप्त भइसकेको छ ।

चैत मसान्तसम्मको बाह्य ऋण प्राप्ति भने ३४.५४ प्रतिशतबराबर मात्रै छ । चालु आर्थिक वर्षका लागि कुल २ खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण लिने सरकारी लक्ष्य रहेको छ ।  

सार्वजनिक ऋणको साँवाब्याज तिर्न यस वर्ष सरकारले ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये चैत मसान्तसम्म ६२.६७ प्रतिशत अर्थात् २ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ बराबर ऋण भुक्तानी भइसकेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.