मंगलवार, जेष्ठ ५,२०८३ 12:17:32
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 12:17:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सार्वजनिक ऋण २६.६७ खर्ब पुग्यो

Laxmi Sunrise Bank Limited
सार्वजनिक ऋण २६.६७ खर्ब पुग्यो
Shivam Cement

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ६७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो कुल गार्हस्थ्य उत्पादनको ४६.७५ प्रतिशत हुन आउछ । चालु आर्थिक वर्षको सुरुवातमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो ।  

कुल सार्वजनिक ऋणमा बाह्य ऋण १३ खर्ब १ अर्ब ७४ करोड रुपैयाँ र आन्तरिक ऋण  १३ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।  

Bizshala
New Office
CG Motors

सरकारले चालु आर्थिक वर्षका लागि कुल ५ खर्ब ४७ अर्ब रुपैयाँबराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये चैत मसान्तसम्ममा ३ खर्ब ६६ अर्ब ९ करोड रुपैयाँ ऋण प्राप्त भइसकेको कार्यालयले जनाएको छ । जसमध्ये आन्तरिक स्रोतबाट २ खर्ब ९१ अर्ब १४ करोड र बाह्य स्रोतबाट ७४ अर्ब ९५ करोड रुपैयाँ ऋण लिइएको छ ।  

यस वर्ष ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य रहेकामा हालसम्म ८८.२२ प्रतिशत अर्थात् २ खर्ब ९१ अर्ब १४ करोड रुपैयाँबराबरको आन्तरिक ऋण प्राप्त भइसकेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

चैत मसान्तसम्मको बाह्य ऋण प्राप्ति भने ३४.५४ प्रतिशतबराबर मात्रै छ । चालु आर्थिक वर्षका लागि कुल २ खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण लिने सरकारी लक्ष्य रहेको छ ।  

सार्वजनिक ऋणको साँवाब्याज तिर्न यस वर्ष सरकारले ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये चैत मसान्तसम्म ६२.६७ प्रतिशत अर्थात् २ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ बराबर ऋण भुक्तानी भइसकेको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.