आईतवार, असार १,२०८२ 11:21:52
  • आईतवार, असार १,२०८२ 11:21:52
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवका अवसरमा घरबारविहीनलाई १८ दिन भोजनको व्यवस्था

Hyundai Nepal
सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवका अवसरमा घरबारविहीनलाई १८ दिन भोजनको व्यवस्था
Nabil Bank Limited

 काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औं बार्षिकोत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइ बसेका करिब १९ सय व्यक्तिहरुलाई चैत २०, २०८१ देखि वैशाख ६, २०८२ सम्म १८ दिन भोजनको व्यवस्था गरेको छ । बैंकले आफ्नो अठारौं वार्षिककोत्सव यहि बैशाख ७ गते मनाउदै छ । 

भोटुस्इन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा काठमाण्डौका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशालालगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरूलाई बैंकले भोजन वितरण गरेको हो ।  

साथै, बैंकले वार्षिकोत्सवको अवसरमा चैत्र ०२ गतेदेखि बैशाख ५ गते सम्म ७ वटै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविरहरूको आयोजना गरेको छ । कोशी प्रदेशको हल्दिबारी र महेन्द्रचोक, मधेश प्रदेशको विद्यापतिचोक, बागमती प्रदेशको बुढानीलकण्ठ, गण्डकी प्रदेशको अमरापुरी, लुम्बिनी प्रदेशको हस्पिटललाइन र जीतपूर, कर्णाली प्रदेशको श्रीनगर र दुल्लु, र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा स्वास्थ्य शिविरहरू आयोजना गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यी स्वास्थ्य शिविरहरूबाट करिब १७ सय जना बिरामीहरूले लाभ प्राप्त गरेका छन् ।  

हरेक वर्ष बैंकले आफ्नो बार्षिकोत्सवको  उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गर्नुका साथै सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ ।

सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट १८ लाख ७९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.