आईतवार, असार १,२०८२ 11:14:12
  • आईतवार, असार १,२०८२ 11:14:12
Global IME Bank Limited

कक्षा १२ को परीक्षा नसर्ने

Hyundai Nepal
कक्षा १२ को परीक्षा नसर्ने
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै हुने बताएको छ ।  

शिक्षकहरुको आन्दोलनका कारण परीक्षा स्थगित भएको भ्रामक सूचना विभिन्न सामाजिक सञ्जालहरुमा फैलिएको विषयप्रति ध्यानाकर्षण जनाउँदै बोर्डले परीक्षा नसरेको बताएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, सामाजिक सञ्जालहरुमा भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बोर्डले जनाएको छ । ‘परीक्षा जस्तो सम्वेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुन अनुसार आवश्यक कार्वाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

बोर्डले परीक्षाको वातवरण बनाउन प्रधानाध्यापकहरूलाई अनुरोध पनि गरेको छ । ‘परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य हुन अभिभावक, शिक्षक एवं प्रधानाध्यापकज्यूहरूमा राष्ट्रिय परीक्षा बोर्ड हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

बोर्डले यसअघि कक्षा १२ को परीक्ष २०८२ साल वैशाख ११ गतेवाट संचालन हुने सूचना जारी गरेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.