सोमबार, असार २,२०८२ 09:44:58
  • सोमबार, असार २,२०८२ 09:44:58
Global IME Bank Limited

जापानलाई उछिन्दै क्यालिफोर्निया बन्यो विश्वकै चौथो ठूलो अर्थतन्त्र

Hyundai Nepal
जापानलाई उछिन्दै क्यालिफोर्निया बन्यो विश्वकै चौथो ठूलो अर्थतन्त्र
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी राज्य क्यालिफोर्निया जापानलाई उछिन्दै विश्वकै चौथो ठूलो अर्थतन्त्र भएको छ । क्यालिफोनिर्याका गभर्नर ग्याभिन न्यूसमले सन् २०२४ मा ४.१ ट्रिलियन डलर जीडीपी पुगको बताउदै जापानलाई पछि पारेको बताएका हुन् ।  

यसका साथै उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिका कारण टेक पावर हाउसको रुपमा परिचित क्यालिफोनिर्याको तीव्र वृद्धि भईरहेको सम्पत्तिलाई प्रभाव पार्नसक्ने चेतावनी समेत दिए । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार  जापानको जीडीपी ४.०२ ट्रिलियन डलर रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

क्यालिफोनिर्याको भन्दा बढी जीडीपी अमेरिका, चीन र जर्मनीको मात्रै रहेको छ । गत वर्ष क्यालिफोर्निर्याले वृद्धिदरमा भने यी तीनै देशलाई पछि पारेको छ । गत वर्ष क्यालिफोर्नियाको आर्थिक वृद्धि ६ प्रतिशत रहेको छ ।  

गभर्नर न्यूसनले जनशक्तिमा लगानी गरेका कारण र नयाँ नयाँ इनोभेसनमा र स्थायित्वलाई प्राथमिकता दिएका कारण उच्च आर्थिक वृद्धिदर हासिल गरेको बताए । उनले क्यालिफोर्निया राज्यले समग्र अर्थतन्त्रलाई डोर्याउने र यसलाई संरक्षण गर्नुपर्ने बताए ।  

क्यालिफोर्निया अमेरिकाको सबैभन्दा धेरै जनसंख्या भएको राज्य हो । यहाँको कुल जनसंख्या ४ करोड रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.