काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा कृषि बीमाको दायरा विस्तार गर्ने नीति बनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बतााएका हुन् ।
आगामी आवमा कृषि क्षेत्रमा दिइने अनुदानको लाभ वास्तविक किसानले मात्रै प्राप्त गर्ने व्यवस्था मिलाइने र विपन्न कृषकलाई सहुलियतपूर्ण ऋण र परिचयपत्रसहित सेवा सुविधा दिने सरकारको नीति रहेको छ।