मंगलवार, जेष्ठ ५,२०८३ 09:25:07
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 09:25:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जीवन बीमा कम्पनीहरुले आर्जन गरे रु.१.२६ खर्ब प्रिमियम, सबैको व्यवसाय ग्रोथ

Laxmi Sunrise Bank Limited
जीवन बीमा कम्पनीहरुले आर्जन गरे रु.१.२६ खर्ब प्रिमियम, सबैको व्यवसाय ग्रोथ
Shivam Cement

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमकले गत आवको तुलनामा १४.६२ प्रतिशतले व्यवसाय बढाएका छन् ।  

प्राधिकरणका अनुसार चालु आवको तेस्रो त्रैमाससम्ममा जीवन बीमकहरुले १ खर्ब २६ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । गत आवको सोही अवधिसम्म भने जीवन बीमकहरुले १ खर्ब १० अर्ब ८ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए ।  

Bizshala
New Office
CG Motors

यस अवधिसम्म आइपुग्दा सबै बीमकको व्यवसाय बढेको छ । तेस्रो त्रैमाससम्म सबैभन्दा बढी प्रिमियम भित्र्याउनेमा नेपाल लाइफ रहेको छ । कम्पनीले ३३ अर्ब १ करोड ७८ लाख रुपैयाँ प्रिमिमय संकलन गरेको छ । जुन यो बीमकहरुको कुल व्यवसायको २६.१६ प्रतिशत रकम हो ।  

त्यस्तै, दोस्रो बढी प्रिमियम संकलन गर्नेमा नेशनल लाइफ रहेको छ ।कम्पनीले पनि सो अवधिसम्म १५ अर्ब ६४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

यसका साथै एलआईसी नेपालले १४ अर्ब ३ करोड, हिमालयन लाइफले १२ अर्ब ५९करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब १६ करोड, सूर्यज्योति लाइफले ७ अर्ब ६५ करोड, एशियन लाइफले ६ अर्ब ४६ करोड, सिटिजन लाइफले ५ अर्ब ८ करोड, सानिमा रिलायन्स लाइफले ४ अर्ब ८४ करोड, मेट लाइफले ४ अर्ब ४४ करोड, आइएमई लाइफले ३ अर्ब ७७ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ६९ करोड, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६७ करोड र सन नेपाल लाइफले ३ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।  

गत आवको तुलनामा सबैभन्दा बढी व्यवसाय बढाउनेमा भने राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीले ४९.२५ प्रतिशतले व्यवसाय ग्रोथ गरेको छ । त्यस्तै, रिलायबल नेपाल लाइफले पनि २३.७५ प्रतिशतले व्यवसाय बढाएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.