काठमाण्डौ । स्काईवेलको चितवन डिलरमा एचथ्रीआर नियुक्त भएको छ । नेपालका लागि स्काईवेल ईभीको आधिकारिक वितरक जी मोटर्स प्रालिको चितवनको डिलरको रुपमा एचथ्रीआर मोटर्स नियुक्त भएको हो ।
एक कार्यक्रमका बीच एचथ्रीआर मोटर्सको औपचारिक सुरुवात भएको छ । उक्त कार्यक्रममा जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाललगायत अटो क्षेत्रसँग सम्बन्धीत व्यक्तिहरुको सहभागिता थियो । उक्त अवसरमा बोल्दै प्रबन्ध निर्देशक गेलालले चितवनमा डिलर खुलेसँगै अब चितवन क्षेत्रका ग्राहकले स्काईवेलका ईभी टेस्ट ड्राइभ र बुकिङ गर्न सक्ने बताए ।
सो अवसरमा पहिलो ग्राहकका रुपमा कृष्ण रेग्मीलाई गाडी हस्तान्तरण गरिएको थियो । नेपालका लागि आधिकारीक आयातकर्ता तथा विक्रेता जि मोटर्स प्रालि रहेको स्काईवेलले छोटो समयमा हासिल गरेको उपलब्धिको प्रमुख कारण प्रिमियम उत्पादन, स्थापित ब्राण्ड र नेपालमा जि मोटर्सको बलियो बिक्री पश्चातको सेवा भएको देखिन्छ । चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भईरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मिडल इस्ट, रसिया, सहित एशियामामा समेत आफ्नो बजार साख श्रृजना गरिसकेको छ ।
कम्पनीले एक वर्षअघि नेपालमा स्काईवेलको इटी फाइभ मोडल नेपालमा भित्र्याएको थियो । हाल नेपाली बजारमा उपलब्ध इभीमध्ये यो कारले सिंगल चार्जमा ६२० किलोमिटरको सर्वाधिक रेन्ज दिन्छ । रेञ्ज र अत्याधुनिक तथा आकर्षक फिचर्सका कारण नेपाल आएको छोटो समयमै यो इभीले प्रिमियम सेगमेन्टका ग्राहकको ध्यान तान्ने सफलता पाइसकेको छ ।
स्काईवेल चिनियाँ ईलेक्ट्रोनिक्स् जाईन्ट स्काईवर्थको ब्राण्ड हो । राम्रो फाईनान्सीयल ब्याक अप, रिसर्च एण्ड डेभलपमेन्टमा ठूलो लगानी र गुणस्तरीय उत्पादनका कारण स्काईवेलले विश्व बजारमा बलियो प्रभुत्व कायम गर्न सकेको हो । कम्पनीले नेपाली बजारमा भित्रिएको एक बर्ष भित्रमै राम्रो ब्रण्ड भ्यालु कायम गर्न सफल भएको छ ।