काठमाण्डौ । आज बजार झिनो अंकले बढ्दा कारोबार भने बढेको छ । लगातार घटेको बजारले आज सम्हालिने प्रयास गरेको देखिन्छ । बजारलाई मुभिङ एभरेजबाट नियाल्दा आज २०० दिने मूभिङ एभरेजबाट तल खसेको छ ।
घट्दो बजारमा बजारले यस्तो मुभिङ एभरेज रेखामा सपोर्टको काम गरेको हुन्छ भने बढ्दो बजारमा प्रतिरोधको काम गरेको हुन्छ । त्यसैगरि, बजारलाई कारोबार तथा भोल्युमबाट नियाल्दा अझै पनि २० दिने मुभिङ एभरेज भन्दा माथि नै कारोबार भएको देखिन्छ ।
यस हिसाबले कारोबार बाट बजार मजबुत नै छ भन्ने बुझिन्छ । क्याण्डल स्टिकबाट नियाल्दा आज बजारले इन्भर्टेड ह्याम्मर प्रकृतिको क्याण्डल बनाएको छ । यसले बजारको रिभर्सलको संकेत गर्छ । तर यसको भ्यालिडिटिको लागि भने आगामी कारोबारमा बुलिस प्रकृतिको क्याण्डल बन्नु पर्ने हुन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।