काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांंश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०÷८१ का लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने घोषणा गरेको हो ।
वैशाख २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बेठकले हाल कायम चुक्तापूँजी ४ अर्ब ६४ करोड रुपैयाँको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३१५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
उल्लेखित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगाी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।