बिहीबार, असार १८,२०८३ 01:07:15
Bizshala
  • बिहीबार, असार १८,२०८३ 01:07:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, ओभर सोल्ड जोनमा, बन्यो ‘डब्लु’ आकार

Laxmi Sunrise Bank Limited
नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, ओभर सोल्ड जोनमा, बन्यो ‘डब्लु’ आकार

काठमाण्डौ । आज नेप्से परिसूचकमा सकारात्मक सर्किट लागेर सेयर बजार निर्धारित समयअगावै बन्द भयो । ६ प्रतिशतको  सकरात्मक सर्किट लाग्दा बजारमा जम्मा ३७ करोड ५२ लाखको काराबार भयो । 

आज नेप्से करिब ११८ अंकले बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा बुलिस मारुबुजु क्याण्डल बनेको छ । यो सँगै बोलिङगर ब्याण्ड मार्फत नियाल्दा आज बजारले मध्य ब्यान्डलाई  ब्रेक गरेर माथि गएको छ । यो सँगै यस अघि बनेका १३ वटा क्याण्डललाई ढाक्दै नेप्सेमा आज बुलिस क्याण्डल बनेको छ । म्याक्डीमा करिब बुलिस क्रसओभर बन्दै गरेको देखिन्छ  । हिस्टोग्राम नेगेटिभ भएता पनि छोटा–छोटा बनेका छन् । 

New Office
CG Motors
Garima Development Bank

आरएसआईमा ओभर सोल्ड जोनमा डब्लु आकार बनाएर ५० भन्दा माथि बन्द भएको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा बजारले लामो समय पछि आज खरिद कन्फरमेसन दिएको छ । बजारले यस अघिको करिब २०२५ को प्रतिरोधलाई पनि ब्रेक गरेर माथि लागेको छ । आज १ सय भन्दा बढी अंकले बढेको बजारमा यदि आगामी कारोबारमा करेक्सन आउँछ भने त्यो मध्य ब्याण्ड अर्थात २०४० भन्दा माथि–माथि टिकेर कारोबार भएको खण्डमा बजारले माथिको यात्रा तय गर्न सक्छ । 

यस अघि माघ ३ गते अपर ब्याण्डमा शुटिङ स्टार बनाएर खसेको बजारले आज पहिलो पल्ट तल्लो ब्याण्डमा बुलिस पिनबार बनाएर प्राविधिक रुपमा खरिद कन्फरमेसन दिएको हो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.