काठमाण्डौ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतले आक्रामकताको सहारा लिएर गम्भीर गल्ती गरेको र यसको परिणाम भोग्नुपर्ने बताएका छन्। राष्ट्रिय सुरक्षा समिति (एनएससी)को अघिल्लो दिनको बैठकमा सशस्त्र बललाई भारतीय आक्रमणको निर्णायक जवाफ दिन र निर्दोष पाकिस्तानी जीवनको क्षतिको साथै आत्मरक्षाको लागि आफ्नो छनौटको समय, स्थान र तरिकामा बदला लिन अख्तियारी दिएसँगै प्रधानमन्त्री शरीफको यस्तो टिप्पणी आएको हो।
राष्ट्रको नाममा टेलिभिजन सम्बोधनमा शरीफले भने, ‘पाकिस्तानी बहादुर सपुतहरुको देश हो भन्ने भारतले बर्सेजस्तो छ । हामी रगतको अन्तिम थोपा बगाएर मातृभूमिको सम्मान र रक्षाको लागि सधैं लड्छौं ।’
यस्तै उनले भारतको कायरतापूर्ण आक्रमणले निर्दोष पाकिस्तानी नागरिकले ज्यान गुमाएको बताए । प्रधानमन्त्रीले नियन्त्रण रेखामा भएको एक घण्टाको लडाइमा पीएएफका पाइलटहरूले बहादुरी र व्यावसायिकता देखाउँदै भारतका जेट विमानलाई खरानी बनाएको बताए ।
प्रधानमन्त्रीले पहलगाम आक्रमणका सम्बन्धमा पाकिस्तानमाथि लगाइएको आरोप अनुचित भएको भन्दै दुःख व्यक्त गरे । उनले पाकिस्तान शान्तिप्रिय देश भएको भन्दै पाकिस्तानले पहलगाम आक्रमणको अन्तर्राष्ट्रिय पारदर्शी र भरपर्दो छानबिनको प्रस्ताव गरेको बताएकोमा विश्वले स्वीकार गरेको भए पनि भारतले आक्रामकताको सहारा लिएर सबै अन्तर्राष्ट्रिय कानुन र मान्यतालाई उल्ट्याएको बताए ।