काठमाण्डौ । भारतको रक्षा मन्त्रालयले बुधबार राति पाकिस्तानले ड्रोन र मिसाइल प्रयोग गरेर भारतका धेरै सैन्य अखडाहरूलाई निशाना बनाउने प्रयास गरेको दाबी गरेको छ। अर्कोतर्फ पाकिस्तानले पनि भारतमाथि यस्तै आरोप लगाएको छ र उसले २५ भारतीय ड्रोन खसालेको जनाएको छ ।
भारतको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पाकिस्तानले अवंतीपोरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, भटिंडा, चण्डीगढ, नल, फलोदी, उत्तरलाई र भुजलगायत उत्तरी र पश्चिमी भारतका धेरै सैन्य अड्डाहरूमा ड्रोनमार्फत आक्रमण गर्ने प्रयास गरेको जनाएको छ।
भारतको रक्षा मन्त्रालयले पाकिस्तानका यी आक्रमणलाई एकीकृत काउन्टर यूएएस ग्रिड र वायु रक्षा प्रणालीद्वारा निष्प्रभावी गरेको जनाएको छ।
भारतको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पाकिस्तानी ड्रोनको भग्नावशेष अहिले धेरै ठाउँबाट फेला परेको छ जसले यो हमला पाकिस्तानले गरेको हो भन्ने प्रमाणित गरेको जनाइको छ । भारतले पनि पाकिस्तानलाई सोही तीव्रताका साथ जवाफ दिएको रक्षा मन्त्रालयले दाबी गरेको छ ।
भारतको विज्ञप्तिमा यसको सशस्त्र सेनाले बिहीबार बिहान पाकिस्तानका धेरै ठाउँहरूमा वायु रक्षा रडार र प्रणालीहरूलाई निशाना बनाएको जनाइएको छ। मन्त्रालयले विश्वसनीय जानकारी अनुसार लाहोरमा वायु रक्षा प्रणाली ध्वस्त भएको दाबी समेत गरेको छ ।
अर्कोतर्फ, पाकिस्तानले भारतका २५ ड्रोन खसालेको दाबी गरेको छ । पाकिस्तानका अनुसार यी ड्रोन पाकिस्तानका विभिन्न सहरमा खसालेको छ ।पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बिहीबार एक पत्रकार सम्मेलनमा भने कि भारतले मे ७ को रातदेखि ड्रोनको सहयोगमा घुसपैठ गर्ने प्रयासू गरिरहेको बताए ।