काठमाण्डौ । पाकिस्तानस्थित अमेरिकी महावाणिज्य दूतावासले आफ्ना कर्मचारीहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको छ । पाकिस्तानको लाहोरमा रहेको अमेरिकी महावाणिज्य दूतावासले लाहोर र यसका उपनगरको हवाई क्षेत्रमा ड्रोन विस्फोटन र भारतको सम्भावित हवाई क्षेत्र घुसपैठलाई ध्यानमा राख्दै आफ्ना कर्मचारीहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको हो।
‘वाणिज्य दूतावासले पाकिस्तानी अधिकारीहरूले लाहोरको मुख्य विमानस्थल नजिकका क्षेत्रहरू खाली गर्न सक्ने प्रारम्भिक रिपोर्टहरू पनि प्राप्त गरेको छ,’ वाणिज्य दूतावासको वेबसाइटमा जारी विज्ञप्तिमा भनिएको छ।
अमेरिकी नागरिकलाई सुरक्षित ठाउँमा सर्न, अमेरिकी सरकारको सहयोगमा निर्भर नहुनेहरू त्यहाँबाट (पाकिस्तान) बाहिर निस्कने योजना बनाउन,
यात्रा कागजातहरू तयार राख्न र आफ्नो उचित परिचयपत्र राख्नुहोस् र अधिकारीहरूसँग सहयोग गर्न भनिएको छ ।