काठमाण्डौ । प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वनिर्धारित समयभन्दा करिब ३ घण्टा ढिलो मन्त्रिपरिषद बैठक सुरु भएको छ ।
निकै महत्वका साथ हेरिएको आजको क्याबिनेट भर्खरै अघिबाट सुरु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
क्याबिनेटअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सत्ता साझेदार दल नेपाली कांगे्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरुसँग छलफल गरेका थिए ।
छलफलमा प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक सहभागी थिए ।
शीर्ष नेताहरुबीच छलफल भएलगत्तै मन्त्रिपरिषद बैठक सुरु भएको हो । यसकारण आजको बैठकले गभर्नर नियुक्तिको विषयमा कुनै ठोस निर्णय लिनसक्ने अनुमान गरिएको छ ।
बैठक जारी छ ।