सोमबार, जेष्ठ ४,२०८३ 02:56:28
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 02:56:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यो साता ३७.८१ अंकले बढेको बजारमा फाइनान्स र जलविद्युत क्षेत्रमा आकर्षण, कस्तो रहला आगामी साता ?

Laxmi Sunrise Bank Limited
यो साता ३७.८१ अंकले बढेको बजारमा फाइनान्स र जलविद्युत क्षेत्रमा आकर्षण, कस्तो रहला आगामी साता ?
Shivam Cement

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि सेयर बजारमा ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ५ दिन कारोबारमा बजार ३ दिन घट्यो भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ६२३.३८ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६६१.६४ को विन्दुमा बन्द भयो ।  

यस हिसाबले यो साता सेयर बजार ३७.८१ अंकले बढ्यो । अघिल्लो साता भने बजार ३४.१९ अंकले घटेको थियो । यो साता ५ दिन कारोबारमा ४७ अर्ब ७९ करोडको सेयर कारोबार भयो । अघिल्लो साता दोस्रो बजारमा  ३६ अर्ब ७३ करोडबराबरको कारोबार भएको थियो । यो साता बजार पूँजीकरण ४४ खर्ब २७ अर्ब रह्यो । अघिल्लो साता बजार पूँजीकरण ४३ खर्ब ६२ अर्ब रहेको थियो । यस हिसाबले यो साता नेप्से परिसूचक र कारोबार दुबै बढ्यो भने बजार बढ्दा लगानीकर्ताको सम्पत्ति ६५ अर्बले बढ्यो ।  

Bizshala
New Office
CG Motors

क्याण्डल स्टिकको आधारमा  

लगातार २ साता घटेको बजार यो साता बढेको छ । यो सँगै यो साता बुलिस प्रकृतिको क्याण्डल बनेको छ । गएको २ सातामा बजारले २६ सयको विन्दुमा सपोर्ट लिएको छ । गएको ७ सातादेखि २७३५ विन्दुभन्दा माथि जान सकेको छैन । यस हिसाबले पछिल्लोपटक बजारमा एउटा साइडवेजको प्याट्रन चलेको देखिन्छ । पछिल्लोपटक साप्ताहिक रुपमा पनि बजारमा कारोबार तथा भोल्युम भने बढ्दो अवस्थामा रहेको देखिन्छ । यस हिसाबले आगामी साताहरुमा पनि यदि बजार २५८० विन्दुभन्दा तल गएको खण्डमा केही बिक्री दबाब र २७३५ भन्दा माथि लागेमा अप ट्रेन्ड लिनसक्ने सम्भावना रहन्छ ।  

यसैगरि, बजारलाई केही लामो समय अवधिमा नियाल्दा भने बुलिस फ्ल्याग बनेको देखिन्छ । यो प्याटर्न भनेको बुलिस प्यार्टन हो । यस्तो प्यार्टनले बजार बुलिस यात्रामा रहेको बुझिन्छ ।  यसैगरि बजारलाई डाउ थेउरीबाट नियाल्दा पनि नयाँ हायर हाई बनाउन पनि नसकेको र  हायर लो पनि बनिनसेको कारण हालको बाजर साइवेजमै चलेको देखिन्छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

सुपर ट्रेन्डको आधारमा  

सुपर ट्रेन्डको आधारमा बजार गएको फागुन २५ गतेदेखि बियरिस यात्रामा रहेको देखिन्छ । सुपर ट्रेन्डमा यदि मूल्य रेखाहरु ट्रेन्ड लाइन भन्दा तल चलेमा बियरिस र माथि चलेमा बुलिस भन्ने बुझिन्छ । अर्थात ट्रेन्डको रंग रातो भएमा बियरिस र हरियो भएमा बुलिस भन्ने हो । यस आधारमा यदि बजार आगामी दिनमा २७०५ भन्दा माथि चलेमा बुलिस बन्दै गरेको बुझिन्छ । 

 

क्षेत्रगत रुपमा हालको बजारको अवस्था कस्तो ?

क्षेत्रगत रुपमा हेर्दा यो साता वाणिज्य बैंकमा बिस्तारै सुधार आएको देखिन्छ । त्यसैगरि विकास बैंक, उत्पादन र लघुवित्तमा सामान्य सुधार , फाइनान्स र जलविद्युतमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । होटल्स् , म्यूचूअल फण्ड , लाइफ र नन लाइफ क्षेत्रमा पनि यो साता सुधार देखिन्छ ।  त्यसैगरि यो साता कारोबार ,  लगानी र अन्य क्षेत्रमा बिक्री दबाब परेको देखिन्छ । यस हिसाबले आगामी साता पनि जलविद्युत र फाइनान्स समूहमा केही आकर्षण हुन सक्छ ।  

निष्कर्षः अघिल्लो साता घटेको बजारमा यो साता सुधार आयो । यो साताको पाँच दिनको कारोबारमा कारोबार  र सूचक दुबैमा सुधार आयो । बजारले पछिल्लोपटक २६ सय विन्दु आसपासमा बलियो सपोर्ट लिएको देखिन्छ । यो साता २६६१ विन्दुमा बन्द भएको बजार यदि आगामी साता २७३५ विन्दुभन्दा माथि टिक्छ भने बजारले अप ट्रेन्ड लिएको मान्न सकिन्छ । अन्यथा यो बीचमा चलेको बजारलाई साइडवेज नै चलेको बुझिने छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.