काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले शुक्रबार पाकिस्तानको लागि ७ अर्ब डलरको आर्थिक सहायता प्याकेजको अर्को किस्तामाथि विचार गर्ने भएको छ।
भारत र पाकिस्तानबीच लगातार तनाव बढिरहेको बेला यो बैठक हुन लागेको हो । हालै भारतले पाकिस्तानले आफ्नो सैन्य आधार शिविरमा ड्रोन र मिसाइल हमला गरेको आरोप लगाए पनि इस्लामाबादले यी आरोप अस्वीकार गर्दै आएको छ ।
भारतका विदेश सचिव विक्रम मिश्रीले बिहीबार कोष उपलब्ध गराउने विषयमा भारतले आफ्नो अडान राखेको बताएका थिए । उनले आईएमएफ बोर्डले विगत तीन दशकहरूमा यी बेलआउटहरू कत्तिको प्रभावकारी छन् भनेर विश्लेषण गर्नुपर्ने बताए ।
लामो समयदेखि बढ्दो मुद्रास्फीति र सुस्त आर्थिक वृद्धिदरसँग सङ्घर्षरत पाकिस्तानको संकटग्रस्त अर्थतन्त्रका लागि आईएमएफबाट प्राप्त भएको यो रकम निकै महत्वपूर्ण छ ।
यसैबीच बिहीबार विश्व बैंकका अध्यक्ष अजय बंगाले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् । विश्व बैंकले सिन्धु जल सन्धि निलम्बनको मुद्दामा हस्तक्षेप गर्न अस्वीकार गरेको थियो ।