काठमाण्डौ । भारतीय वायुसेनाले पाकिस्तानविरुद्धको आफ्नो अपरेशन अझै जारी रहेको र समय आएपछि थप जानकारी दिइने बताएको छ। भारतीय वायुसेनाले सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै यस्तो जनाएको हो ।
ूभारतीय वायुसेनाले अपरेशन सिन्दूरमा सटीकता र व्यावसायिकताका साथ आफ्नो तोकिएको कार्यहरू सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गरेको छ । यी अपरेशनहरू राष्ट्रिय उद्देश्यहरूलाई ध्यानमा राखेर विचारपूर्वक र विवेकपूर्ण रूपमा सञ्चालन गरिएको रवायु सेनाले लेखेको छ ।
‘अपरेसनहरू अझै जारी छन्, त्यसैले थप जानकारी थप दिइनेछ। भारतीय वायुसेना सबैमा अनुमान नगर्न र अप्रमाणित जानकारी फैलाउन अनुरोध गर्दछ,’ एक्समा वायु सेनाले पोष्ट गरेको छ ।
पहलगाम आक्रमण पछि, भारतले ६ देखि ७ मे को मध्यरातमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई हमला गरेको थियो । जस,पश्चात भारत र पाकिस्तानबीचको तनाव बढेको छ ।
यसपछि दुवै देशले एकअर्काको सैन्य शिविरमा आक्रमण गर्ने बताएका थिए । शनिबार साँझ भारत र पाकिस्तानले दुई देशबीच युद्धविरामको घोषणा गरेका थिए ।