आईतवार, जेष्ठ ३,२०८३ 11:38:46
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 11:38:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अनन्त अम्बानीको विवाह समारोहका कारण जामनगरको विमानस्थलमा ट्राफिक जाम

Laxmi Sunrise Bank Limited
अनन्त अम्बानीको विवाह समारोहका कारण जामनगरको विमानस्थलमा ट्राफिक जाम
Shivam Cement

काठमाण्डौ । मुकेश अम्बानीका कान्छा छोराको तीनदिने प्रि–वेइडिङ विवाह समारोह सकिएको छ । विश्वभरको ध्यान तान्न सफल यो विवाह समारोहका अनेक रोचक प्रसंगहरु बाहिरिरहेका छन् ।  

यस्तै एउटा प्रसंग बाहिरिएको छ । यो विवाह समारोह भारतको गुजरात राज्यको जामनगरमा आयोजना भएको थियो । विवाह समारोहमा सहभागी हुन आएका अधिकांश पाहुना विमानबाट आएका थिए । जसका कारण त्यहाँको स्थानीय विमानस्थललाई अल्पकालका लागि अन्तराष्ट्रिय विमानस्थलको मान्यता दिइएको छ । उक्त समारोहमा मार्क जुकरबर्ग, बिल गेट्स, रिहाना,बियोन्से लगायत भारत र विदेशका प्रभावशाली व्यक्तिहरु सहभागी हुन पुगेका थिए ।  

विमानस्थलकका अधिकारीहरुले उक्त समारोहका लागि १३० वटा विमान अवतरण भएको र विमानस्थलमा अत्यधिक चाप परेको बताएका छन् । समारोहमा आएका अधिकांश पाहुनाहरुलाई नजिकैको सुविधासम्पन्न टेन्टमा बस्ने व्यवस्था गरिएको थियो । जहाँ पाहुनाहरुले ५०० भन्दा बढी खानाका परिकारहरुबाट खाना छनौट गर्नसक्थे । खाना बनाउन विश्वभरका सेफहरु खटिएका थिए ।  

Bizshala
New Office
CG Motors

यस्तै पाहुनाका लागि हेयर र मेकअप आटिस्ट र फेसन डिजाइनरहरुको समेत व्यवस्था गरिएको थियो । समारोहको थिम ग्यादरिङका लागि ९ पाना लामो सेड्युल समेत तयार पारिएको थियो ।  

समारोहमा अमेरिकी पप गायिका रिहानले भारतमा पहिलोपटक आफ्नो प्रस्तुती दिएकी थिइन् । उनले यसका लागि ७० लाख डलर लिएको बताइएको छ ।  

पाहुनाहरुलाई  

पाहुनाहरुलाई अनन्त अम्बानीको  हजार एकड क्षेत्रफलमा फैलिएको अनन्त अम्बानीको घर पालुवा जनावरहरुको ‘पेट प्रोजेक्ट’को अवलोकन गराइएको थियो । जहाँ हजारौं जनावरहरु राखिएको छ ।  

प्रि–वेईडिङ समारोह सकिएसँगे अब सबैको नजर आगामी जुलाई महिनामा मुम्बईमा आयोजना हुने मुख्य विवाह समारोहमा हुनेछ ।  -एजेन्सी

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.