काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा मणि कुमार अर्ज्याल चयन भएका छन् । जेठ ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले अर्ज्याललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।
उनी गत जेठ ५ गते सम्पन्न भएको संस्थाको १८ औं वार्षिक साधारण सभाबाट संस्थाको सञ्चालक निर्वाचित भएका थिए । उनी संस्थापक सेयरधनीको समूहबाट सञ्चालक निर्वाचित भएका थिए ।