काठमाण्डौ । बुधबार स्थानिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज भने एकैदिन ५ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
मंगलबार भने सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ समेत बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ५० रुपैयाँले बढेको छ । यो वृद्धिसँगै चाँदीको कारोबार प्रतितोला १ हजार ९९० रुपैयाँमा भईरहेको छ ।