काठमाण्डौ । आज सेयर बजार दिनभरजस्तो उचारचढावपूर्ण रह्यो । आज नेप्सेमा करिव १०३ अंकको उचारचढाव देखियो । प्राबिधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा अपर ब्याण्डमा शुटिङ स्टार बनको छ ।
यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ । आगामी कारोबारमा यस्तो क्याण्डल भ्यालिड र इन्भ्यालिड दुबै हुनसक्छ । यदि आजको उच्च विन्दुभन्दा माथि बजार टिकेको खण्डमा बजारले माथिको यात्रा तय गर्न सक्छ । तर आजको न्यून विन्दु भन्दा तल बजार लागेमा भने यो क्याण्डल भ्यालिड पनि हुन सक्छ ।
म्याक्डीबाट नियाल्दा भने केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकारात्मक रहेका छन् । आरएसआई न्यूट्रल जोन भन्दा माथि ५३ को तहमा चलेको देखिन्छ । समग्रमा इन्डिकेटरबाट नियाल्दा बजार बुलिस नै रहेको छ । आगामी दिनमा यदि बजारमा करेक्सन आएको खण्डमा बजारले बोलिङ्गरको मध्य ब्याण्डसम्म आउन पनि सक्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा भने आज बजारमा २० दिने मूभिङ एभरेज भन्दा माथिको कारोबार भएको छ । यो भनेको कारोबारबाट बजार मजबुत नै रहेका भन्ने हो । आगामी दिनमा यदि कारोबारले साथ दिएको खण्डमा बजारको माथिको यात्रा कायम नै रहन सक्छ ।
नोट सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।