काठमाण्डौ । आज सेयर बजार दोहोरो अंकले बढेको छ । यस अघि लगातार घटेको बजारले पछिल्लो समय २६ सय विन्दु आसपासमा बलियो सपोर्ट लिएको थियो । नेप्सेको चार्टलाई ट्रेन्डलाइन मार्फत नियाल्दा ब्रेक अप स्टक्चर बनाएको छ ।
यो भनेको बजार अघिल्लो उच्च विन्दु भन्दा पछिल्लो उच्च विन्दु माथि भएको भन्ने हो । अर्थात बजारले हायर हाई र हायर लोका सिरिजहरु बनाउँदै गरेको अवस्था हो । यस्तो अवस्थालाई प्राविधिक भाषामा बजारको ब्रेक अप स्टक्चर पनि भनेर बुझिन्छ । यसले बजार अप ट्रेन्ड जाने निश्चित गरेको हुन्छ ।
यस बिपरित यदि बजारले चेन्ज अफ क्यारेक्टर बनाएमा डाउन ट्रेन्ड जाने संकेत गरेको बुझिन्छ । म्याक्डी मार्फत नियाल्दा बजारमा बुलिस क्रसओभर भ्यालिड नै रहेको देखिन्छ । हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन् ।
त्यसैगरि, बजारलाई आरएसआईबाट नियाल्दा पनि बजारले हायर हाई र हायर लोका सिरिज बनाएको छ । बजारलाई कारोबार तथा भोल्युमबाट नियाल्दा २० दिने मुभिङ एभरेज भन्दा माथि कारोबार भएको छ । यसले पनि बजार बुल जाँदै गरेको संकेत गर्छ । यदि आगामी कारोबारमा बजार २६७० विन्दुभन्दा तल खस्दैन र २७ सय भन्दा माथि–माथि टिक्छ भने बजारले माथिकै यात्रा तय गरेको बुझिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।