काठमाण्डौ । ड्युक विश्वविद्यालय (अमेरिका) र त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्जिनियरिङ(आईओई)का विद्यार्थीहरूले भूकम्प प्रारम्भिक चेतावनी (ईईडब्लू)विषयमा वर्षभर गरिएको अन्तरविषयगत अनुसन्धान प्रस्तुत गरेका छन्। यो अनुसन्धान २०८२ जेठ ९ गते शुक्रबार काठमाण्डौको होटल हिमालयको स्काइलाइन कोठामा दिउँसो १२ बजेदेखि ४ बजेसम्म सम्पन्न संगोष्ठीमा प्रस्तुत गरिएको हो।
संगोष्ठीमा प्रस्तुत गरिएको ईईडब्लुसम्बन्धी अनुसन्धानले प्रविधि, सामाजिक विज्ञान, सार्वजनिक नीति, डाटा विज्ञान, भूकम्प इन्जिनियरिङ र भूगर्भशास्त्रजस्ता क्षेत्रहरूबीचको सहकार्य आवश्यक रहेको देखाएको छ। विद्यार्थीहरूले सबैभन्दा ठ्याक्कै चेतावनी प्रणाली पनि यदि नीति निर्माण र जनचेतना उपयुक्त नभएमा प्रभावकारी हुँदैन भन्ने कुरामा जोड दिए। डाटा विज्ञान र इन्टरनेट अफ थिङ्समा भएको प्रगतिले यस्तो प्रणाली विकासका उपकरणहरूलाई अझ सहज बनाएको छ भने विशिष्ट ज्ञान भने अपरिहार्य रहेको छ।
काठमाण्डौ जियो ल्याब नामक ड्युक र आईओईबीचको सहकार्य अन्तर्गत आयोजित यो संगोष्ठी विद्यार्थीहरूको व्यक्तिगत तथा सामूहिक प्रयासको एक विशेष उपलब्धिको रूपमा सम्पन्न भयो। यस अवसरमा विज्ञहरू, विद्यार्थीहरू, र काठमाण्डौका जिज्ञासुहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्न पाएका थिए। ‘भूकम्प पूर्व चेतावनी प्रणालीसम्बन्धी अध्ययन निकै महत्वपूर्ण छ र यो विषय नीति(निर्माण तहमा स्पष्ट रूपमा उल्लेख हुनु जरुरी छ ताकि विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी पहल गर्न सकियोस्,’ ड्युक विश्वविद्यालयका सिभिल तथा वातावरणीय इन्जिनियरिङका प्राध्यापक डा. हेनरी ग्याभिनले बताए।
आईओई र ड्युक विश्वविद्यालयबीचको सहकार्य हामी जस्ता विद्यार्थीहरूका लागि अत्यन्तै फलदायी र अर्थपूर्ण रह्यो, किनभने यसले हामीलाई अनुसन्धान गर्न र अन्तर्राष्ट्रिय शोधकर्तासँग सहकार्य गर्ने अवसर प्रदान गर्यो्,’ परियोजनाका विद्यार्थी संयोजक तथा आईओईकापूर्व विद्यार्थीइन्जिनियर सागर खनालले बताए।
काठमाण्डौ जियो ल्याब सन् २०१९ मा आईओई र ड्युक विश्वविद्यालयबीच भएको सम्झौताबाट स्थापना गरिएको हो।
यसको उद्देश्य भूकम्प प्रारम्भिक चेतावनी प्रणालीको विकासमा विद्यार्थीहरूलाई सहकार्यमार्फत सक्षम बनाउनु हो । जसले दीगो रूपमाराष्ट्रिय क्षमताको विकासगर्नेछ। यो कार्यक्रम ड्युक र आईओईका प्राध्यापकहरूको मार्गदर्शनमा संचालन हुन्छ र पूर्ण रूपमा विद्यार्थीहरूले नै व्यवस्थापन गर्छन्। यस पटकको संगोष्ठीचौथो पटकको विद्यार्थी अनुसन्धान पोस्टर प्रस्तुति थियो।