मंगलवार, माघ २०,२०८२ 11:56:18
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 11:56:18
Bizshala
Global IME Bank Limited
Bizshala

सरकारको यो कदमले घरजग्गा व्यवसायी उत्साहित, बिक्री हुन नसकेका हाउजिङ तथा अपार्टमेन्ट बिक्रिवितरण गर्न पाउने

सरकारको यो कदमले घरजग्गा व्यवसायी उत्साहित, बिक्री हुन नसकेका हाउजिङ तथा अपार्टमेन्ट बिक्रिवितरण गर्न पाउने
Shivam Cement

काठमाण्डौ। सरकारले भूमीसम्बन्धी अध्यादेशको नवौँ संशोधन पारित गरेको छ । मन्त्रीपरिषदको बैठकले भूमीसम्बन्धी अध्यादेशको नवौँ संशोधन पारित गर्दै राष्ट्रपतिकोमा प्रमाणीकरणका लागि पठाएको हो ।  

यससँगै जग्गा हदबन्दीका कारण लामो समयदेखि समस्यामा परेका व्यवसायीलाई भूमीसम्बधी अध्यादेश प्रमाणीकरण भएसँगै राहत मिलेको छ । सरकारले हदभित्रको जग्गा विकास गरी घडेरी वा घर वा आवास निर्माण गरी बिक्री गर्न पाउने गरी भूमीसम्बन्धी ऐन २०२१, मा नवौं संशोधन गरेको छ ।

 जग्गा तथा आवास विकास महासघंले पारित भएको भूमी सम्बन्धी अध्यादेशको नवौँ संशोधनले मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने बताएको छ ।

महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले शुक्रबार विज्ञप्ती जारी गरी महासंघले लामो समयदेखि उठाउँदै आएको भूमि सम्बन्धी अध्यादेशको नवौँ संशोधनलाई भर्खरै मन्त्रीपरिषद्बाट पारित गरी राष्ट्रपतिकोमा प्रमाणीकरणका लागि पठाएकोमा सरकारलाई धन्यवाद दिए ।

Bizshala
Garima Development Bank
New Office

‘नेपाल सरकारले भूमी सम्बन्धी अध्यादेश, नवौँ संशोधन–२०८२ लाई  मन्त्रीपरिषद्बाट भर्खरै पारित गरेर सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रणाणीकरणका लागि सिफारिस गरेकोप्रति महासङ्घ हार्दिक आभार प्रकट गर्दछ,’– महासंघद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

जग्गा हदबन्दीका कारण लामो समयदेखि समस्यामा परेका व्यवसायीलाई भूमीसम्बधी अध्यादेश प्रमाणीकरण भएसँगै राहत पुग्ने विश्वास महासंघले लिएको छ ।

अध्यक्ष घिमिरेले अध्यादेश जारी भएसँगै व्यवसायीले जग्गा हदबन्दीका कारण बिक्री हुन नसकेको हाउजिङ तथा अपार्टमेन्ट बिक्रिवितरण गर्न पाउने र खरीदकर्ताले आफ्नो नाममा पास गरी लालपुर्जा पाउने बाटो खुल्ने बताए ।

हदबन्दीको कारण देखाउँदै सम्पत्ति बिक्रीमा रोक लगाउँदा व्यवसायीको करिब रु २ खर्ब बराबरको सम्पत्ति ‘होल्ड’ भएको महासंघले बताएको छ । हदबन्दीका कारण व्यवसायी, ग्राहक र व्यवसायीमाथि लगानी गर्ने बैँकहरू समेत समस्यामा परेको महासंघले जनाएको छ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

महासंघले घरजग्गा क्षेत्र ‘उद्योगको पनि उद्योग’ भएकाले यस क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेको बताएको छ । घरजग्गा क्षेत्र चलायमान हुँदा सिमेन्ट उद्योग, रड उद्योग, ईट्टा उद्योग, काठ उद्योग, आल्मुनियम उद्योग, गिट्टी उद्योग, बालुवा उद्योग राम्रोसँग चल्ने, युवाहरुले रोजगार पाउने र शिथिल रहेको मुलुकको अर्थतन्त्रसमेत चलायमान हुने महासंघको भनाई छ ।

महासंघले जग्गा वर्गीकरणको जिम्मा स्थानीय सरकारले लिएपनि स्थानीय सरकारले समयमै जग्गा बर्गीकरण नगरिदिँदा कित्ताकाट समेत खोल्ने र रोकिने क्रम रहेकाले स्थायी रुपमा यसको समाधान गरिदिन सरकारलाई आग्रह गरेको छ ।

वर्तमान सरकारले व्यवसायीको समस्या बुझेर ल्याउन खोजेको यस अध्यादेशले व्यवसायीमात्र नभई समग्र राज्यलाई नै फाइदा पुग्ने विश्वास महासंघले लिएको छ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.