काठमाण्डौ । नेपाल राष्ट्रबैंकले पछिल्लो बैंक तथा वित्तीय संस्थामा विकृतिको रुपमा मौलाएको घूस लेनदेन र भ्रष्टाचार अन्त्यका लागि विशेष व्यवस्था गर्ने घोषणा गरेको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत यस्तो घोषणा गरिएको हो ।
अन्तर्राष्ट्रिय असल अभ्यास र आन्तरिक रूपमा विकसित प्रचलनलाई दृष्टिगत गर्दै बैंक तथा वित्तीय संस्थामा पारदर्शिता, जवाफदेहिता र सुशासन अभिवृद्धिका लागि Anti Bribery and Corruption Policy सम्बन्धी व्यवस्था गरिनेछ । मौद्रिक नीतिको समीक्षामा भनिएको छ ।

