काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज बजार घट्दा कारोबार पनि घटेको छ । आजको बजारलाई प्राविधिक रुपमा बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार घटेता पनि अपर ब्याण्ड भने छोडिसकेको अबस्था छैन ।
यद्यपी अघिल्लो साता शुटिङ स्टार बनाए पछि बजारले केही बिक्री दबाब भने बजारमा देखिन्छ । त्यसैगरि म्याक्डीबाट नियाल्दा बजारमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ ।
हिस्टोग्राम सकरात्मक र लामा–लामा नै रहेका छन् । आरएससआई ५५ को तहमा चलेको देखिन्छ । बजारलाई पिभट् मार्फत नियाल्दा आज २६८० को विन्दुमा बन्द भएको बजारले बढेमा २७७१ , २८५४, २९३८ को विन्दुमा प्रतिरोध सामना गर्न सक्छ । त्यसैगरि घटेमा २६०५, २५२२ र २४३८ विन्दुमा सपोर्ट लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।