मंगलवार, जेष्ठ ५,२०८३ 09:03:49
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 09:03:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इमामी लिमिटेडद्वारा नेपालमा ‘नवरत्न बीट मसाज २०२५’ अभियान प्रारम्भ

Laxmi Sunrise Bank Limited
इमामी लिमिटेडद्वारा नेपालमा ‘नवरत्न बीट मसाज २०२५’ अभियान प्रारम्भ
Shivam Cement

काठमाण्डौ । इमामी लिमिटेडले नेपालमा ‘नवरत्न बीट मसाज २०२५’ अभियान प्रारम्भ गरेको छ । ७० दिने यस अभियानले उपभोक्तालाई प्रत्यक्ष संलग्न गराएर २ मिनेटमै टाउको दुखेको, शरीर दुखेको र तनावबाट शीतलताको राहत दिने कम्पनीले जनाएको छ ।

भारतको अग्रेणी पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनी मध्येको एक इमामी लिमिटेडले आफ्नो उत्कृष्ट उत्पादन नवरत्न तेलको उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गराउने उद्देश्यले नेपालभरि एक महत्वाकांक्षी नयाँ अभियान –‘नवरत्न बीट मसाज २०२५’ को शुभारम्भ गरेको छ । अभियान जेष्ठ ११ बाट सुरु भएर साउन १७ सम्म नेपालको तराई क्षेत्रमा केन्द्रित भएर सञ्ंचालन गरिने कम्पनीले जनाएको छ ।

यो नयाँ ७० दिने अभियानले पूर्वी तथा पश्चिमी नेपालका २४ जिल्लाहरू ओगट्ने छ । यस अभियान अन्तर्गत ३०० भन्दा बढी ब्रान्डेड सैलुनहरू र ६० वटा मोबाइल स्टलमार्फत निःशुल्क २–मिनेटको नवरत्न हेड मसाज प्रदान गरिनेछ । यसबाट हजारौं उपभोक्ताहरूले दैनिक रूपमा नौ आयुर्वेदिक जडिबुटीहरूको शक्तिशाली मिश्रणबाट बनेको नवरत्न तेलको शीतलता र तनाव कम गर्ने फाइदाहरू अनुभव गर्न सक्नेछन् ।

Bizshala
New Office
CG Motors

अभियानमा खटिएका दुई समर्पित टोलीले दैनिक १०० किलोमिटरभन्दा बढी यात्रा गर्नेछन् । उनीहरूले अन्तरक्रियात्मक स्टलहरू, सवारी साधनको ब्रान्डिङ, सार्वजनिक घोषणाहरू, र २–मिनेट च्यालेन्ज, कूल–कूल पर्फमेन्स जस्ता विभिन्न खेलहरू मार्फत उपभोक्ताहरूलाई प्रत्यक्ष अनुभव प्रदान गर्नेछन् ।

यस अभियानले प्रत्यक्ष संलग्नतामार्फत ६० हजार भन्दा बढी उपभोक्ताहरूसम्म पुग्ने अपेक्षा गरिएको छ । जसमा १२ हजार भन्दा बढी वेट स्याम्पलिङ (मसाज) र ३० हजार भन्दा बढी ड्राई स्याम्पलिङ (स्यासे वितरण) समावेश छन् ।

Garima Development Bank
Shivam Cement
IME remit

नवरत्न तेलका ब्रान्ड म्यानेजर विकास तिवारीले अभियानबारे आफ्नो उत्साह व्यक्त गर्दै भनेः

‘नवरत्न बीट मसाज २०२५ मार्फत उपभोक्ताहरूलाई राहत र ताजगी केवल दुई मिनेट टाढा छ भन्ने कुरा स्मरण गराउन चाहन्छौं । यो अभियानले ब्रान्डलाई हाम्रा प्रयोगकर्ताहरूसँग नजिक ल्याउँनेछ , जसले गर्दा उनीहरूले नवरत्न तेलले प्रदान गर्ने प्राकृतिक र प्रभावकारी शीतलतालाई साँच्चिकै महसुस गर्न सक्नेछन् । हामी विश्वास गर्छौं कि उपभोक्ताको प्रत्यक्ष अनुभवले नवरत्न तेललाई हरेक नेपाली घरपरिवारमा एक विश्वसनीय वेल्नेस सहयात्रीको रूपमा अझ स्थापित गर्नेछ।’

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.