शुक्रबार, जेष्ठ १६,२०८२ 07:07:04
IME remit
  • शुक्रबार, जेष्ठ १६,२०८२ 07:07:04
IME remit
Global IME Bank Limited

नेशनल लाइफले असारमा साधारण सभा आयोजना गर्ने, यस्ता छन् मुख्य प्रस्ताव

Hyundai Nepal
नेशनल लाइफले असारमा साधारण सभा आयोजना गर्ने, यस्ता छन् मुख्य प्रस्ताव
Nabil Bank Limited

काठमाण्डौ। नेशनल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा डाकेको छ । जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३७ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी असार ५ गते बिहान साढे १० बजे काठमाण्डौको लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर गरी कुल १४ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशतका दरले नगद लाभांश समायोजन गर्ने निर्णय गरेकाले बोनस सेयर बापतको कर प्रयोजनका लागि नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित आव २०८०/८१ को वासलात नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र आव २०८०/८१ मा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ।  

यस्तै संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी जम्मा ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले जेठ २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.