आईतवार, जेष्ठ ३,२०८३ 09:12:14
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 09:12:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रतिनिधिसभाको डेढ महिनाको कार्यतालिका सार्वजनिक, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम क्यालेन्डरबाट हटाइयो, संसदीय अभ्यासमाथि प्रश्न

Laxmi Sunrise Bank Limited
प्रतिनिधिसभाको डेढ महिनाको कार्यतालिका सार्वजनिक, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम क्यालेन्डरबाट हटाइयो, संसदीय अभ्यासमाथि प्रश्न
Shivam Cement

काठमाण्डौँ । प्रतिनिधिसभाको आगामी डेढ महिनाको संसदीय कार्यतालिका सार्वजनिक गरिएको छ ।  

तर, सार्वजनिक गरिएको क्यालेन्डरमा प्रधानमन्त्री वालेन्द्र शाहसँग हुने नियमित प्रश्नोत्तर कार्यक्रम समावेश नगरिनु संसदीय अभ्यास, कार्यकारिणी पारदर्शिता र सरकारको जवाफदेहितामाथि प्रश्न उठाउने विषय बनेको छ ।

Bizshala
New Office
CG Motors

शनिबार संसद् सचिवालयले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २५५ बमोजिम असार १५ गतेसम्मको सम्भावित संसदीय क्यालेन्डर सार्वजनिक गरेको हो ।  

उक्त नियमअनुसार संसद्को बैठक कार्यतालिका पूर्वनिर्धारित रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था भएपनि यस पटकको कार्यतालिकामा प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर अभ्यास उल्लेख नगरिएको देखिएको छ ।

नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा सांसदहरूले प्रश्न सोध्न पाउने व्यवस्था छ ।

सोही प्रावधानअनुसार सभामुखले प्रत्येक महिनाको पहिलो साताभित्र एक बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि छुट्याउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।  

संसदीय अभ्यासअनुसार विगतका अधिवेशनहरूमा प्रधानमन्त्री स्वयं उपस्थित भई सांसदका प्रश्नहरूको जवाफ दिने परम्परा निरन्तर रहँदै आएको थियो ।

तर यस पटक सार्वजनिक गरिएको क्यालेन्डरमा उक्त कार्यक्रम समेटिएको नदेखिनु संसद्को निगरानी र कार्यकारिणी उत्तरदायित्व कमजोर पारिएको हो कि भन्ने बहस शुरु भएको छ ।  

संसद्को प्रमुख नियन्त्रणकारी उपकरणमध्ये एक मानिने प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम नपर्नु वा हटाइनुलाई राजनीतिक तथा संसदीय वृत्तले गम्भीर रूपमा लिएको छ ।

यसैबीच संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार जेठ ४ र ५ गतेको बैठकमा शून्य समय सञ्चालन हुने तथा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल हुने कार्यसूची छ ।  

जेठ ६ गते शून्य समय, विशेष समय तथा विनियोजन विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने, साथै नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल, संशोधन प्रस्तुत र पारित गर्ने कार्यक्रम तय गरिएको छ ।

 

Garima Development Bank
Shivam Cement
IME remit

त्यसैगरी जेठ ७ गते राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।  

त्यसपछि अर्को बैठक जेठ १२ गते बस्ने तय गरिएको छ ।

असार महिनाको पहिलो सातामा तीनवटा बैठक बस्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।  

असार १ गते विनियोजन विधेयक २०८३ अन्तर्गत छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीबाट जवाफ शुरु हुने कार्यक्रम रहेको छ ।  

असार २ गते सबै मन्त्रालयका खर्च कटौती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरी विनियोजन विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी असार ३ गते राष्ट्र ऋण उठाउने विधेयक २०८३ तथा आर्थिक विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ ।  

असार ८ गते उक्त दुवै विधेयकमाथि दफावार छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ ।

यसरी जेठदेखि असार १५ गतेसम्मको कार्यतालिकामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम समावेश नहुनु संसदीय अभ्यासको निरन्तरता र कार्यकारिणी उत्तरदायित्वका दृष्टिले महत्वपूर्ण राजनीतिक बहसको विषय बनेको छ ।  

यसअघि नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा समेत प्रधानमन्त्री शाहले सांसदका प्रश्नहरूको प्रत्यक्ष जवाफ नदिएको र अर्थमन्त्री स्वर्णिम वाग्लेले उत्तर दिएको प्रसंग पनि स्मरण गरिएको छ ।

संसदीय निगरानी कमजोर बनाउने यस्तो अभ्यासबारे अब संसद्भित्रै छलफल हुनुपर्ने माग पनि उठ्न थालेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.