काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता भने बजारमा ५ दिन कारोबार भएको थियो । यो साता ४ दिन कारोबारमा बजार २ दिन बढ्यो भने २ दिन घट्यो ।
अघिल्लो साता २ हजार ६८८.५५ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६९३.०६ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता बजार ४.५१ अंकले मात्रै बढ्यो । अघिल्लो साता भने बजार ७६.७ अंकले थियो । यो साता दोस्रो बजारमा ४ दिन कारोबारमा ३० अर्ब ३० करोडको सेयर कारोबार भयो ।
अघिल्लो साता सेयर बजारमा ५ कारोबार दिनमा ४३ अर्ब ७० करोडबराबरको कारोबार भएको थियो । यो साता बजार पूँजीकरण ४४ खर्ब ८३ खर्ब रह्यो । अघिल्लो साता भने बजार पूँजीकरण ४३ खर्ब ७० करोड थियो । यस हिसाबले यो साता बजार बढ्दा लगानीकर्ताहरुको सम्पत्ति १३ अर्बले बढ्यो ।
प्राविधिक पक्षः
क्याण्डल स्टिकको आधारमा
सेयरको सुरु र अन्तिम मूल्य एउटै भएको तल माथि धागो निस्केको क्याण्डललाई डोजी स्टार भनिन्छ । यो क्याण्डल भनेको अनिर्णयको क्याण्डल हो । यस्तो अवस्थामा लगानीकर्ता चरम अन्यौलतामा छन् भन्ने बुझिन्छ । यसमा माथिको लामो धागोले क्रेताको दबाब र तलको धागोले बिक्रेताको दबाबलाई जानउछन् ।
यो साता २६९३ विन्दुमा बन्द भएको बजारमा यदि आगामी साता बुलिस प्रकृतिको क्याण्डल बनेर भोल्युमसहित बजार २७४५ विन्दुभन्दा माथि लागेको खण्डमा बजारको माथिको सम्भावना रहेको बुझिन्छ । तर बजार यो साताको न्यून विन्दु २६६१ भन्दा तल जान्छ भने बजारमा बिक्री दबाबको सम्भावना पनि रहन्छ । साप्ताहिक रुपमा बजारलाई नियाल्दा पछिल्लो पल्ट ११ साता देखि साइडवेज रहेको छ । यस हिसावले यदि आगमी कारोबारमा बजारले २७६० भन्दा माथी लाग्छ भने त्यो साढे २ महिना पछिकै उच्च हुने छ ।
बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई
साप्ताहिक रुपमा बोलिङ्गर ब्याण्डको आधारमा बजारलाई नियाल्दा नेप्से लामो समयदेखि मध्य ब्याण्डमा चलेको देखिन्छ । यो साता पनि बजार मध्य ब्याण्डमा नै चलेको देखिन्छ । म्याक्डीबाट नियाल्दा बजारमा बियरिस क्रसओभर भ्यालिड नै रहेको देखिन्छ । साप्ताहिक रुपमा आरएसआई न्यूट्रल जोनमा चलेको देखिन्छ । साप्ताहिक रुपमा इन्डिकेटरबाट नियाल्दा पनि बजारमा अनिर्णयको संकेत देखिन्छ ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – २८१९
प्रतिरोध २ – २७७९
प्रतिरोध १– २७०१
पिभट् प्वइन्टः २६६२
घटेमा सपोर्ट
सपोर्ट १– २५८४
सपोर्ट २– २५४४
सपोर्ट ३ –२४६६

निष्कर्षः यो साता नेप्से जम्मा ४.५१ अंकले बढ्यो । अघिल्लो साता बजारमा ७६.७ अंकको बढोत्तरी आएको थियो । प्राविधिक रुपमा क्याण्डल स्टिकबाट नियाल्दा यो साता लङ लेग्ड डोजी स्टार बनेको देखिन्छ । यो भनेको यो साता लगानीकर्ता चरम अन्यौलतामा रहे भन्ने हो । मूभिङ एभरेजबाट नियाल्दा बजार अघिल्लो साता नै ५० दिने मूभिङ एभरेज रेखाबाट माथि लागेको छ ।
कारोबार तथा भोल्युमबाट नियाल्दा यो साता बजार २० दिने मुभिङ एभेरज रेखासँगै हिंडेको छ । स्मार्ट मनी कन्सेप्टबाट नियाल्दा अघिल्लो साता बजारले ‘ब्रेक अप स्टक्चर’ बनाएको छ । यस हिसाबले यो साता २६९३ को विन्दुमा बन्द भएको बजार यदि आगामी कारोबारमा २७४५ विन्दु भन्दा माथि कारोबारसहित टिकेको खण्डमा माथिको यात्रा थप निश्चित हुनेछ ।
क्षेत्रगत रुपमा हेर्दा यो साता वाणिज्य बैंक, विकास बैंक , जलविद्युत, उत्पादन , कारोबार र म्युचुअल फण्डमा हरियाली छायो भने बाँकी सबै समूहमा रातो पोतियो ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।