काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । आजको कारोबारमा सुनको मूल्य ०.६६ प्रतिशत अर्थात २२.२५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ३७४ डलर कायम भएको छ ।
डलर कमजोर बन्दा र कमजोर अमेरिकी आर्थिक तथ्यांकका कारण सुनको मूल्य बढेको हो । अमेरिकी डलर इन्डेक्स ०.५ प्रतिशतले खस्किएको छ । जसका कारण डलरबाहेकका मुद्राधारकहरुलाई सुनको खरिद सस्तो पर्न गएको छ । यस्ता लगानीकर्ताले सुनको खरिद बढाएसँगै मागमा आएको उछालका कारण मूल्य उकालो लाग्न पुगेको हो ।
यस्तै अमेरिकी १० वर्षे ट्रेजरीको प्रतिफल घटेको छ ।
उता कुल अर्थतन्त्रको दुई तिहाई हिस्सा ओगटेको अमेरिकी सेवा क्षेत्र वर्षमा पहिलोपटक संकुचित बनेको छ । जसका कारण समेत सुनको मूल्य बढेको विज्ञहरुले बताएका छन् ।
आज चाँदीको मूल्य समेत ०.०८ डलरले बढ्लै प्रतिऔंस ३४.५६ डलर कायम भएको छ ।