काठमाण्डौ । आज साताको अन्तिम कारोबारमा सेयर बजार करिब ६ अंकले घटेर बन्द भयो । बजार घट्दा आज अघिल्लो कारोबारको तुलनामा कारोबार भने बढेको छ । नेप्सेमा आज डाउन ट्रेन्डमा इन्भर्टेड ह्याम्मर बनेको छ ।
यदि घट्दो बजारमा यस्तो आकृति बन्छ भने सम्भावित रुपमा बजारमा ट्रेन्ड रिभर्सल बन्दै छ भन्ने हो । तर यसको निश्चितताका लागि भने आगामी कारोबारमा बजारमा बुलिस प्रकृतिको क्याण्डल बन्नुपर्ने हुन्छ । यस विपरित यदि नेप्सेको अप ट्रेण्डमा यस्तो क्याण्डल बनेको खण्डमा भने बजार डाउन जाने सम्भावना हुन्छ ।
अन्य इन्डिकेटरबाट नियाल्दा भने बजार न्यूट्रल जोनमा नै चलेको दखिन्छ । मनी फ्लो इन्डेक्सबाट नियाल्दा भने बजारमा हाल कुनै पनि सुधार भईसकेको देखिदैन । तर बजारलाई आवरली बेसमा नियाल्दा हाल आरएसआई ओभर सोल्ड जोन नजिक ३७ मा पुगेको कारण बजारमा कुनै पनि समयमा अल्पकालिन रिभर्सलको सम्भावना भने बढेर गएको देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।