काठमाण्डौ । आज समेत गरी नेप्सेमा लगातार दुईदिन बढोत्तरी आएको छ । यो सँगै बजार आज बोलिङ्गरको मध्य ब्याण्डबाट माथि लागेको छ । अघिल्लो दिनको कारोबारमा भने बजारले मध्य ब्याण्डमा प्रतिरोध सामना गरको थियो ।
अब बजारले अपर ब्याण्ड २७०८ विन्दु आसपासमा प्रतिरोध सामना गर्न सक्छ । आज बजार बढ्दा अघिल्लो दिनको तुलनामा कारोबारमा पनि सुधार आएको छ । आरएसआई ५४ को तहमा चलेको छ ।
त्यसैगरि, मनी फ्लो इन्डेक्स पनि ५४ को तहमा चलेको देखिन्छ । बढ्दो बजारमा यस्ता विन्दुहरु ९० सम्म पनि पुग्न सक्छन । पिभट् मार्फत नियाल्दा बढेमा बजारले अब क्रमशः २७००, २७६०र २७९१ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ । त्यसैगरि, घटेमा २६०८, २६७६ र २५१७ विन्दुमा सपोर्ट लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।