काठमाण्डौ । साताको अन्तिम कारोबारमा नेप्से सामान्य अंकले घटेको छ । आज बजार घटेता पनि कारोबार भने अघिल्लो कारोबारको तुलनामा २ अर्ब ६१ करोड बढी भएको छ । घट्दो बजारमा कारोबार बढ्नुलाई खासै राम्रो मान्न सकिन्न ।
यद्यपी बोलिङ्गर ब्याण्डबाट नियाल्दा भने बजारले यो यो साताका २ वटा कारोबारमा नै मध्य ब्याण्ड अर्थात २० दिने मुभिङ एभरेजमा सपोर्ट लिएको छ । कारोबार पनि २० दिने मुभिङ एभरेज भन्दा बढी नै आएको छ । म्याक्डीबाट नियाल्दा भने बजारले प्रष्ट रुपमा बुलिस र वियरिस केही पनि संकेत दिएको देखिदैन ।
आरएसआई भने न्यूट्रल जोनमा चलेको छ । हालको बजारलाई डाउ थेउरीबाट नियाल्दा यदि आगामी कारोबारमा मध्य ब्याण्ड भन्दा माथी माथि टिकेको खण्डमा हायर लो बनाउन आएको पनि हुन सक्छ । यसकारण हाल साइडवेजमा चलेको बजार आगामी दिनको कारोबारको अवस्था र ट्रेन्डले मात्रै थप पष्ट हुनेछ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि भने सिफारिस होइन ।