काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १६ सय रुपैयाँले बढेको सुनको मूल्य आजपनि बढेको हो ।
आज सुनको मूल्य ४ हजार २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन भने एक तोला सुनको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १६५ रुपैयाँ कायम भएको छ ।