काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णयको कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ।
न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले बुधबार पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको हो।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ‘गत जे २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए । पाण्डेले उक्त निर्णयविरुद्ध गत जेठ २५ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । अदालतमा महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई रहेको कुरालाई नगर प्रमुख पाण्डेले इन्कार नगरेको भन्दै सुविधा र सन्तुलनको दृष्टिकोणमा जाँचबुझ समितिको काम कारबाही अघि बढाउन उनलाई निलम्बन गर्नुपर्ने अवस्था नरहेको आदेशमा उल्लेख छ।