मंगलवार, जेष्ठ ५,२०८३ 05:46:28
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:46:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इरानी टेलिभिजन ह्याक, क्रिप्टो एक्सचेन्ज नोबिटेक्सबाट ९० मिलियन डलर चोरी

Laxmi Sunrise Bank Limited
इरानी टेलिभिजन ह्याक, क्रिप्टो एक्सचेन्ज नोबिटेक्सबाट ९० मिलियन डलर चोरी
Shivam Cement

तेहरान, इरान । इरानको सरकारी स्वामित्वमा रहेको टेलिभिजन च्यानल बुधबार राति ह्याक गरिएको छ। नियमित कार्यक्रमहरू रोक्दै प्रसारणमा सडक आन्दोलनको आह्वान गरिएको भिडियो देखाइएको हो। अन्तर्राष्ट्रिय मिडिया रिपोर्टहरू अनुसार यो घटनालाई इरान सरकारले ‘शत्रु राष्ट्र’को हस्तक्षेप भन्दै इजरायलतर्फ औँलो ठड्याएको छ।

"यदि तपाईँले टिभी च्यानलहरू हेर्दा कुनै अवरोध वा असान्दर्भिक सन्देश देख्नु भयो भने, त्यो शत्रु राष्ट्रले स्याटेलाइट सिग्नलमा हस्तक्षेप गरेको कारण हो," भनी उक्त टेलिभिजन च्यानलद्वारा जारी गरिएको सन्देशमा उल्लेख छ।

Bizshala
New Office
CG Motors

यो घटनालाई पछिल्लो समय इरानमा इजरायलसँग सम्बन्धित समूहहरुद्वारा भइरहेको साइबर आक्रमणहरूको निरन्तरता भनेर हेरिएको छ। ह्याकका घटनामा इरानको बैंक सेपाह (Bank Sepah) र सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज नोबिटेक्स (Nobitex) समेत परेका छन्। नोबिटेक्सबाट भएको आक्रमणमा ९ करोड डलरभन्दा बढीको धनराशी चोरी भएको खुलासा भएको छ।

भर्चुअल सम्पत्तिमाथि आक्रमण

क्रिप्टो एक्सचेन्जमाथिको यो आक्रमणलाई ‘साइबर युद्ध’को नयाँ मोर्चा भनेर हेरिएको छ। TRM Labs का अनुसार, “इरानी संस्थाहरूले डिजिटल सम्पत्तिलाई वैकल्पिक वित्तीय उपाय र रणनीतिक हतियारका रूपमा प्रयोग गर्दै आएका छन्। नोबिटेक्सको ह्याक यसैको उदाहरण हो।”

इजरायलमा इरानको निगरानी प्रयास

यसैबीच, इजरायली अधिकारीहरूले इरानले निजी निगरानी क्यामेराहरू ह्याक गरेर इजरायली भूभागमा मिसाइल आक्रमणको परिणाम अध्ययन गर्ने प्रयास गरिरहेको बताएका छन्। “इरानीहरू पछिल्ला केही दिनयता निगरानी क्यामेरामा पहुँच जमाएर आफ्नो मिसाइल कहाँ र कति सटीक लाग्यो भनेर बुझ्न खोजिरहेका छन्,” भनी इजरायली साइबर निर्देशकालयका पूर्व उपमहानिर्देशक रफाएल फ्रान्कोले बताए।

डिजिटल युद्धमैदानमा डीडीओएस र हैक्टिभिस्ट हमला

साइबरसुरक्षा कम्पनी Radware का अनुसार, अहिले ४० प्रतिशतभन्दा बढी डीडीओएस आक्रमण इजरायलविरुद्ध केन्द्रित भएका छन्। Hacktivist समूह DieNet ले अमेरिकाले इरानविरुद्ध युद्धमा सहभागी भए साइबर आक्रमण गर्ने चेतावनी दिइसकेको छ। अन्य समूहहरू जस्तै Arabian Ghosts, Sylhet Gang, र Team Fearless पनि उक्त सन्देशलाई समर्थन गर्दै अगाडि बढिरहेका छन्।

Garima Development Bank
Shivam Cement
IME remit

सावधानीका सन्देश

“कम्पनीहरू, विशेषगरी पूर्वाधार र आपूर्ति श्रृंखलामा संलग्न व्यवसायहरूले उच्च सतर्कता अपनाउन आवश्यक छ,” भनी Radware का साइबर विशेषज्ञ पास्कल गीनेन्सले भने। “२०२५ को इरान–इजरायल द्वन्द्व डिजिटल युगको ‘हाइब्रिड युद्ध’ हो, जहाँ बम र मिसाइल जत्तिकै प्रभावशाली हतियार साइबर हमला र सूचना युद्ध पनि हुन सक्छ।”

CloudSEK को विश्लेषण अनुसार, ३५ भन्दा बढी इरान समर्थक समूहहरूले संयुक्त रूपमा इजरायली पूर्वाधारमा डीडीओएस, वेबसाइट डिफेसमेन्ट, र डाटा चोरीका दाबीसहित आक्रमण गरिरहेका छन्। यता, आधा दर्जनभन्दा कम मात्र इजरायल समर्थक समूहले यस्ता कारबाही गरिरहेको उल्लेख गरिएको छ।

तर विशेषज्ञहरूले चेतावनी दिएका छन्: हैक्टिभिस्ट आक्रमणहरू प्रायः अति-मूल्यांकन, पुराना डाटा रिसाइक्लिङ र प्रचारबाजीका लागि बढी प्रयोग भइरहेको देखिन्छ, यथार्थमा प्रभाव सीमित हुनसक्छ।

-Agencies

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.