काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.८५ प्रतिशत अर्थात २८.७३ डलरले घटेको छ । यो गिरावटसँगै सुनको कारोबार प्रतिऔंस ३ हजार ३५० डलरमा भईरहेको छ ।
इरान–इजरायल युद्ध रोकिने सम्भावना बढेसँगै सुनको मूल्यमा गिरावट आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम भएको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले सोमबार आफ्नो ट्रुथ सोशलमार्फत इजरायल र इरान युद्धविराम हुनेमा पूर्ण रूपमा सहमत भएको बताएका छन्। ट्रम्पको यस्तो घोषणा सार्वजनिक भएसँगै मध्यष्पूर्वमा शान्ति छाउने अपेक्षाका कारण सुनको मूल्यमा गिरावट आएको जनाइएको छ ।
यस्तै आज चाँदीको भाउ समेत घटेको छ । चाँदी ०.१२ डलरले घट्दै प्रतिऔंस ३६.१२ डलर कायम भएको छ ।