काठमाण्डौ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा १७ सय रुपैयाँको गिरावट आएको छ ।
यो गिरावटसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १० रुपैयाँले घट्दै प्रतितोला २ हजार १६० रुपैयाँ कायम भएको छ ।