काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेप्से सामान्य अंकले घट्यो । बजार घट्दा कारोबार भने बढेको छ । आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा खासै सकारात्मक देखिदैन ।
बोलिङ्गर ब्याण्डबाट नियाल्दा पनि अपर ब्याण्ड र लोवर ब्याण्ड केही फुकेको देखिन्छ । यसले बजारमा उतारचढाव हुन सक्ने देखिन्छ । मध्य ब्याण्ड पनि बिस्तारै तल झुकेको देखिन्छ । म्याक्डीमा केही समय पहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ ।
आरएसआई पनि ३५ को तहमा चलेको देखिन्छ । बिभिन्न इन्डिकेटरबाट नियाल्दा बजारमा बिक्री दबाब परेको देखिन्छ । अघिल्लो दिनको तुलनामा कारोबार बढेता पनि औषत कारोबार भन्दा तल नै देखिन्छ ।
बिगत केही दिनदेखि दिनभरको बढोत्तरी धानिन नसकेको बजारमा अबको बलियो सपोर्ट भनेको यस अघिको बलियो सपोर्ट २५८० विन्दुमा देखिन्छ । तर हालसम्मको बजारको विभिन्न चाल र कारोबारलाई नियाल्दा यो विन्दु नै बलियो सपोर्ट हुन्छ भन्न भने कठिन छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।