शुक्रबार, असार १३,२०८२ 08:45:23
  • शुक्रबार, असार १३,२०८२ 08:45:23
Global IME Bank Limited

मोटरपछि निर्जीवन बीमामा सम्पत्तिको हिस्सा धेरै, के छ यसको महत्व ?

Hyundai Nepal
मोटरपछि निर्जीवन बीमामा सम्पत्तिको हिस्सा धेरै, के छ यसको महत्व ?
Nabil Bank Limited

काठमाण्डौ । केही वर्षयता मोटर बीमाले धान्दै आएको निर्जीवन बीमा व्यवसायमा यतिबेला सम्पत्ति बीमाको हिस्सा बृद्धि हुँदै गएको छ । बीमकहरुले सम्पत्ति बीमाको बिक्री अनुपात बढाउँदै लगेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमामार्फत १० अर्ब १३ करोड १२ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् । यो बीमाशुल्क बीमकहरुको कुल व्यवसायको २४.४० प्रतिशत हिस्सा हो ।  

गत आवको तुलनामा निर्जीवन बीमकहरुले सम्पत्ति बीमा व्यवसाय १०.८१ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म निर्जीवन बीमकहरुले सम्पत्ति बीमामार्फत ९ अर्ब १४ करोड ३० लाख रुपैयाँ प्रिमियम भित्र्याएका थिए ।

बीमकहरुले मोटर बीमामार्फत भने ११ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । जुन यो कुल बीमा ब्यवसायको २९.४४ प्रतिशत हिस्सा हो । गत आवको सोही अवधिसम्मको तुलनामा बीमकहरुले मोटर बीमा व्यसाय ७.१९ प्रतिशत बढी हो । गत आवको ११ महिनासम्म निर्जीवन बीमकहरुले मोटर बीमामार्फत १० अर्ब ९५ करोड ७४ लाख रुपैयाँ प्रिमियम भित्र्याएका थिए । 

CG Motors
Muktinath Bikas Bank Limited

निर्जीवन बीमा कम्पमनीहरुमा मोटर बीमापछि पछिल्लो समय सम्पत्ति बीमा व्यवसाय पनि उल्लेख्य बढ्दै गएको छ । बाढी तथा पहिरोले पुर्याएको क्षति र विभिन्न हुलदंगाका कारण सम्पत्ति बीमामा पुर्याएको क्षतिले पछिल्लो समय निर्जीवन बीमामा सम्पत्ति बीमा व्यवसाय बढ्दै गएको देखिएको छ ।  

नेपाल बीमा प्राधिकरणका अनुसार गत वर्षको असोज महिनामा आएको अविरल वर्षाका कारण बाढी तथा पहिरोले ठूलो धनजनको क्षति पुर्याएको थियो । प्राधिकरणका अनुसार यस वर्षको जेठ २८ गतेसम्ममा बाढी तथा पहिरोको क्षतिका कारण निर्जीवन बीमा कम्पनीहरुमा १ हजार ७८७ वटा सम्पत्ति बीमाको दाबी परेको छ ।  

सो अवधिसम्म कुल ८ अर्ब ४० करोड रुपैयाँ बराबरको सम्पत्ति बीमा दाबी परेको हो । प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुले १ हजार ४१५ वटा दाबीको ३ अर्ब ४४ करोड २१ लाख रुपैयाँ बराबरको भुक्तानी दिइसकेका छन् । सो बमोजिम बीमा कम्पनीहरुले सम्पत्ति बीमामा परेको कुल दाबीको ७९.१८ प्रतिशत भुक्तानी दिइसकेका छन् ।  

यसरी बीमा कम्पनीहरुले सर्भेयरमार्फत दाबी परेको क्षतिको मूल्यांकन गरी भुक्तानी प्रक्रिया तीव्र अघि बढाई भुक्तानी दिइरहेका छन् । यसकारण पनि सम्पत्ति बीमाको महत्व बढ्दै गएको छ ।  

त्यस्तै, गत वर्ष चैत महिनामा काठमाण्डौ उपत्यकामा भएको हुलदङ्गाको कारणले पनि धेरैको सम्पत्तिमा क्षति पुर्याएको थियो । प्राधिकरणका अनुसार जेठ २८ गतेसम्ममा २१ वटा सम्पत्ति बीमाको कुल २ करोड ५३ लाख रुपैयाँ बराबरको दाबी परेको छ । बीमा कम्पनीहरुले सो अवधिसम्म ११ वटा दाबीको कुल ५९ लाख रुपैयाँको दाबी भुक्तानी दिइसकेका छन् ।  

सोअनुसार सम्पत्ति बीमातर्फ कुल परेको दाबीमा बीमकहरुले ५२.३८ प्रतिशत भुक्तानी गरिसकेका छन् ।  

के छ यसको महत्व ?  

सम्पत्ति बीमा कुनै पनि व्यक्तिको स्वामित्वमा रहेको घर, भवन, स्टोर, मेसिन, सामाग्री वा अन्य भौतिक सम्पत्तिलाई विभिन्न जोखिमबाट सुरप्क्षा दिन बीमा कम्पनीसँग गरिने एक वित्तीय सम्झौता हो ।  

यस्तो बीमा गर्दा आफ्नो सम्पत्तिलाई आगलागी, भूकम्प, चट्याङ, बाढी, चोरी, दुर्घटना वा अन्य सम्भावित जोखिमबाट सुरक्षा प्रदान हुन जान्छ । बीमितले निश्चित बीमाशुल्क कम्पनीलाई बुझाएर बीमा गर्दा कुनै आकस्मिक घटना घट्दा त्यसबाट भएको क्षतिपूर्ति प्राप्त गर्ने सुनिश्चित हुन जान्छ ।  

विशेषगरी प्राकृतिक प्रकोप, दुर्घटना, आगलागी, चोरी जस्ता विभिन्न कारणले व्यक्तिको जीवनमा मात्रै नभई उसको सम्पत्तिमा समेत गम्भीर असर पुर्याईरहेको हुन्छ । यस्तो अवस्थाबाट जोगिन वा सुरक्षित राख्न आजको समयमा सम्पत्ति बीमाको निकै महत्व बढ्दै गएको छ ।  

सम्पत्तिको बीमाको महत्व विभिन्न दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण हुन्छ, विशेषगरी कुनै पनि ब्यक्तिको घर, व्यवसाय वा अन्य भौतिक सम्पत्तिहरु सुरक्षित राख्नका लागि सम्पत्ति बीमा महत्व मानिन्छ ।  

यस्तो बीमा गर्दा आर्थिक सुरक्षा प्रदान हुनुका साथै व्यवसायिक स्थायित्वमा मद्दत पुग्दछ । साथै कसैले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गरेको खण्डमा पनि बीमाले सहुलियत दिन सक्नेछ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.