सोमबार, असार १६,२०८२ 08:32:13
  • सोमबार, असार १६,२०८२ 08:32:13
Global IME Bank Limited

सार्वजनिक सवारीको यात्रालाई ‘डिजिटाइज्ड’ गर्दै बससेवा

Hyundai Nepal
सार्वजनिक सवारीको यात्रालाई ‘डिजिटाइज्ड’ गर्दै बससेवा
Nabil Bank Limited

काठमाण्डौ । २०६९ सालबाट औपचारिक रूपमा सञ्चालनमा आएको बससेवाले यातायात क्षेत्रलाई डिजिटाइज्ड गर्न नेतृत्वदायी भूमिका खेलिरहेको छ ।

राज्यले ४–५ वर्ष अघिदेखि नै कार्यान्वयनमा ल्याउने भने पनि कार्यान्वयन गर्न नसकेको अनलाइन टिकेटिङ सिस्टम बससेवाले भने नियमित रुपमा सञ्चालन गरिरहेको छ ।  

टिकट काट्नकै लागि लाइन बस्नुपर्ने अवस्था कायम नरहोस् भन्ने उद्देश्यका साथ सेवा दिँदै आएको बससेवाले एक क्लिकमै मोबाइलमा टिकट उपलब्ध गराउँदै आएको छ । यसबाट टिकट काट्नकै लागि काउन्टरसम्म पुग्नुनपर्ने अवस्थाको अन्त्य हुँदै गएको बससेवाले जनाएको छ ।

देशका जुनसुकै स्थानबाट कुनै पनि गन्तव्यसम्म छुट्ने गाडीको टिकट काट्न सकिने हुँदा यसको प्रयोगबाट यात्रुहरु लाभान्वित भइरहेको बससेवाले जनाएको छ । टिकट खरिदबिक्री प्रक्रियामा बिचौलियालाई प्रवेश नदिन र यात्रुलाई सहजता प्रदान गर्न अनलाइन टिकेटिङ प्रणाली लागू गरिएको बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताए ।  

CG Motors
Muktinath Bikas Bank Limited

कोरोना महामारीपछि बससेवाको अनलाइन प्लेटफर्मबाट टिकट लिनेहरूको संख्या बढ्दै गएको उनले बताए । यात्रुहरु काउन्टरसम्म जाँदा लाग्ने समय र पैसा दुवैको बचत हुने भएकाले अहिलेको युगमा अनलाइन टिकेटिङ निकै महत्वपूर्ण हुने उनको भनाइ छ ।

देश आधुनिकतातर्फ गइरहेको र मानिसहरूले प्रविधिको प्रयोग बढाइरहेको अवस्थामा घन्टौँ लाइन बसेर टिकट काट्नुपर्ने बाध्यता अन्त्य गर्न आफूहरूले यस्तो प्रविधि भित्र्याएको उनको भनाइ छ ।  

बससेवा नेपालको पहिलो अनलाइन बस टिकट बिक्री गर्ने निजी क्षेत्रको कम्पनी हो । बससेवा टुर्स एन्ड ट्राभल्स् अन्तर्गत रहेर बससेवा डटकमले नेपालभरका अधिकांश रूटमा सेवा प्रदान गर्दै आएको छ ।

साथै, बससेवाले भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुरलगायत सहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्दै आएको छ ।

कसरी काट्ने बससेवाबाट टिकट ?

बससेवाको मोबाइल एप

मोबाइल एप ‘बससेवा’मार्फत टिकट काट्न एन्ड्रोइड मोबाइलमा गुगल प्ले र आइफोन प्रयोगकर्ताले एपस्टोरमा गई बससेवाको एप डाउनलोड गर्नुपर्ने हुन्छ । डाउनलोड भएको एप खोलेर प्रयोगकर्ताको नाम र पासवर्डमार्फत लगइन गर्नुपर्ने हुन्छ । पहिले बससेवाको खाता नभएकाले नयाँ खाता खोली लगइन गर्नुपर्ने हुन्छ ।

त्यसपछि, यात्रुले आफ्नो गन्तव्य, यात्रा मिति र समय छनोट गरी आफूलाई मन परेको बस र सिटको टिकट बुकिङ गर्न सक्छन् । एप्लिकेसनले यात्रुलाई आफ्नो यात्राको विवरण, टिकट मूल्य र अन्य जानकारीसमेत देखाउँछ ।

एकपटक टिकट चयन गरेपछि यात्रुले डिजिटल भुक्तानी गरेर टिकट काट्न सक्छन् । मोबाइलबाट प्राप्त भएको टिकट नै बसमा देखाएर यात्रा गर्न सकिन्छ । टिकट काटेको सुनिश्चित भएको एसएमएस पनि देखाउन सकिन्छ ।

बेव पोर्टल

कुनै पनि ब्राउजरमा बससेवा डटकममा जानुपर्ने हुन्छ । सहजताका लागि बससेवा मात्र सर्च गरी उपलब्ध नतिजाहरूमा बससेवाको आधिकारिक वेबसाइटमा क्लिक गरेर पनि बससेवाको पोर्टलमा पुग्न सकिन्छ ।

बससेवाको होमपेजमा नै गन्तव्यहरूको विवरण भर्ने विकल्प देखिन्छ । कहिलेका लागि कुन ठाउँबाट गाडी चढ्ने र कहाँ पुग्ने भनेर माग गरिएका विवरण भरेपछि सर्च बटनमा क्लिक गरेपछि कुन–कुन बस उपलब्ध छन्, भाडा कति लाग्छ ? बस कस्तो हो ? कुन कम्पनी वा सेवाप्रदायक हो भनेर सूची देख्न सकिन्छ ।  

बसको सुविधा र भाडा दर हेरेर गाडी छनोट गरेपछि सिट छान्न सोही बसको नाममा क्लिक गरेपछि बसको सिट प्लान देखिन्छ । जसमा खैरो रङको सिटले बुक भइसकेको र हरियो रङले खाली सिट रहेको संकेत गरेको हुन्छ ।

हरियो रङ लागेकोमध्येबाट आफूलाई पायक पर्ने सिट छानेर फेसबुक वा इमेल लगइन गरेपछि ओटिपी कोड आउँछ । उक्त ओटिपी कोडलाई बससेवाको पोर्टलमा राखेपछि टिकटको रकम भुक्तानी गर्ने विकल्प देखिन्छ । त्यहाँ आफ्नो नाम, फोन नम्बर, इमेललगायत मागिएका विवरण भरिसकेपछि रकम भुक्तानीका लागि विभिन्न विकल्पमा जान सकिन्छ । कुनै एक विकल्पबाट टिकटको शुल्क भुक्तानी गरेपछि टिकट बुक हुन्छ । बससेवाले एसएमएसबाट पनि टिकट सुनिश्चित भएको जानकारी गराउँछ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.