काडमाण्डौ । नेपालमा टीएमवानका १०० भन्दा बढी युनिट बिक्री भएका छन् । नेपाली व्यवसायीहरूबीच टीएमवानको बढ्दो लोकप्रियता र विश्वास झल्काउने यस विशेष उपलब्धिलाई कम्पनीले केक काट्ने कार्यक्रम आयोजना गरेर मनाएको छ ।
यस अवसरमा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि कमर्सियलका सीइओ तुषार गुप्ता, सेल्सहेड नविन आचार्य, मार्केटिङ प्रमुख प्रकाश सुवेदीलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
टीएमवान आजको दिनमा नेपालमा केही अर्थपूर्ण काम गर्ने र आफ्नै व्यवसायिक यात्रा सुरु गर्ने चाहना राख्नेहरूका लागि पहिलो रोजाइको सवारी बनेको छ। चाहे ताजा तरकारी बजारमा पुर्याउन होस् वा पानी, दूध, ग्यास सिलिन्डर जस्ता दैनिक उपभोग्य सामान वितरण गर्न होस्, टीएमवानको भरपर्दो प्रदर्शन, उच्च दक्षता र नेपाली आवश्यकता अनुसारको डिजाइनमार्फत आफूलाई एक सक्षम व्यवसायिक सवारीको रूपमा प्रमाणित गरेको छ। व्यवसायीलाई आफ्ना आवश्यकताअनुसार छनोट गर्न सहज बनाउने गरी टीएमवान दुई फरक साइजका लोडिङ डेक (८ फिट र १० फिट) मा उपलब्ध छ। विश्वकै नम्बर १ क्याटएल ब्याट्रीबाट सञ्चालित यस इलेक्ट्रिक सवारीले २८० किमी एनईडीसी रेन्ज प्रदान गर्छ ।