काठमाण्डौ । यो साता बजारमा लगातार ४ दिन बढोत्तरी आयो । बजार ४ दिन बढ्दा झण्डै एक सय अंकले बढेको छ । आज बजार बढ्दा कारोबारमा पनि सुधार आएको छ ।
प्राबिधिक रुपमा हालको बजारलाई मुभिङ एभरेजबाट नियाल्दा हाल बजार ५० दिने मुभिङ एभरेजबाट माथि लागेको छ । यस्ता मुभिङ एभरेज रेखाहरुले घट्दो बजारमा सपोर्ट र बढ्दो बजारमा प्रतिरोध सामना गरेका हुन्छन् । बोलिङ्गर ब्याण्डबाट नियाल्दा हाल बजार अपर ब्याण्डसँगै हिड्न खोजेको देखिन्छ ।
म्याक्डीमा बुलिस क्रसओभर बनेको छ भने हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन् । आरएआई पनि आज ६० को तहबाट माथि लागेको देखिन्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा आज बजार २० दिने औषत भोल्युम भन्दा माथी आएको देखिन्छ । आज करिब २६९५ विन्दुमा बन्द भएको बजार यदि आगामी दिनमा पनि बढेको खण्डमा २७३०, २७६० र २९०० विन्दु आसपासमा प्रतिरोध सामना गर्न सक्ने छ ।
त्यसै गरि घटेमा २६००,२५८० र २४४० विन्दुमा सपोर्ट लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागी सिफारिस भने होइन ।