काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले असार २२ गते आइतबार हरिशयनी एकादशीको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशका विभिन्न ६ स्थानमा धार्मिक र वातावरणीय दृष्टिकोणले विशेष महत्व राख्ने बर र पिपलका बिरुवाहरूको रोपण कार्यक्रम सम्पन्न गरेको छ ।
कास्की जिल्लाको खोरपाथे डाँडा र तुलसीघाट, स्याङ्जा जिल्लाको गह्रौ कालिका मन्दिर परिसर, शितलटार पार्क चापाकोट र छाँयाक्षेत्र शिवमन्दिर परिसर तथादाङ्ग जिल्लाको मोतिपुर पुल क्षेत्रमा बर र पिपल रोपण कार्यक्रम सम्पन्न भएको हो ।
विकास बैंकले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा विकास बैंकका अध्यक्ष, पूर्व अध्यक्ष, स्थानीय जनप्रतिनिधिहरु, समाजसेवी, विकास बैंकका कर्मचारी, शेयरधनी महानुभावहरु तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो ।
यस किसिमका कार्यले वातावरण संरक्षण, हरित विकासको प्रवद्र्धनका साथै धार्मिक सम्पदाको संरक्षणमा सहयोग पुग्ने तथा भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने विकास बैंकले विश्वास व्यक्त गरेको छ ।
बृक्षारोपण गरिएको क्षेत्रलाई आगामी दिनमा बर–पिपल चौतारीको रुपमा विकास तथा संरक्षण गर्ने लक्ष्य समेत रहेको छ।