काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि ब्राजिलमा ५० प्रतिशत कर लगाउने घोषणा गरेका छन् । यस सम्बन्धमा उनले ट्रुथ सोसलमा पत्र पनि सेयर गरेका छन् । उक्त पत्रमा ट्रम्पले ब्राजिलले अमेरिकी टेक कम्पनीहरुमाथि ‘आक्रमण’ गरेको आरोप लगाएका छन् ।
ट्रम्पले ब्राजिल सरकारले पूर्व राष्ट्रपति जायर बोल्सोनारोको ‘जासुसी’ गरेको आरोप पनि लगाएका छन् । उल्लेखनीय छ कि बोल्सोनारोलाई २०२२ मा ब्राजिलमा भएको आम चुनावको नतिजा उल्ट्याएको आरोप लगाइएको छ। हाल उनीविरुद्ध यस विषयमा मुद्दा चलिरहेको छ।
ट्रम्पको घोषणा पछि, ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भाले ाफूले पनि अमेरिकाको ट्यारिफको बिरूद्ध कर लगाउने बताएका छन् । उनले न्याय प्रणालीमा कुनै पनि प्रकारको हस्तक्षेप आफ्नो देशले स्वीकार नगर्ने बताए ।
लुलाले बोल्सोनारो विरुद्ध चलिरहेको मुद्दामा पहिले पनि टिप्पणी गरिसकेका छन्। उनले ब्राजिलले कसैको ‘हस्तक्षेप’ स्वीकार नगर्ने र ‘कानूनभन्दा माथि कोही नहुने’ बताएका थिए ।