काठमाण्डौ । नेपाल राष्ट्र बैंका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरुमा निष्क्रिय कर्जा अनुपात बढ्दै गइरहेकाले यसमा सजग हुनुपर्ने बताएका छन् ।
नेपाल राष्ट्र बैंकले २०८२८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा तथा गैह्रबैकिङ सम्पत्ति र कालो सूचीमा पर्नेहरुको संख्या बढ्दै गएकाले सजग हुनुपर्ने अवस्था रहेको बताएका हुन् ।
वित्तीय सेवामा नागरिकको गुणस्तरीय पहुँच अभिबृद्धि गर्न, साधनलाई पूँजी निर्माणमा प्रोत्साहित गर्न र वित्तीय प्रणाली सबल र स्वस्थ बनाउने नीतिगत, संरचनात्मक र कार्यगत सुधार आवश्यक देखिएको उनले बताए ।